विख्यात न्यूरो सर्जन डा. देवकोटाको अन्तिम विदाई ( फोटो फिचर)
काठमाडौं – दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाकाे अन्तिम बिदार्इ गरिएकाे छ ।
काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पताल प्राङ्गणमा राखिएको डाक्टर देवकोटाको पार्थिव शरीरमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन ।
सोमबार साँझ सोही अस्पतालमा उपचारको क्रममा निधन हुनुभएका डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डाक्टर बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुग्नु भएको थियो ।
स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको छ । डाक्टर देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो । स्वर्गीय डाक्टर देवकोटाको पार्थिक शरीरलाई केहीबेरपछि पशुपतिनाथमा विद्युतीय माध्यामबाट शव दाह गरिनेछ । देवकोटा निवास हेपाली हाइटमा पत्नी डाक्टर मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नुहुनेछ ।

काजकीरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डाक्टर देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम बेलायतबाट नेपाल फर्कनु भएको थियो ।

डाक्टर देवकोटाकै इच्छा अनुसार गएको हप्ता उहाँलाई गोर्खामा रहेको उहाँकै जन्मघरमा लगिएको थियो । स्वास्थ्य मन्त्री समेत भइसक्नु भएका स्वर्गीय डाक्टर देवकोटा प्रख्यात नशारोग विशेषज्ञ हुनुहुन्थ्यो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने