

अतिरिक्त समयमा दुई गोल गरेपछि ब्राजिल विजयी

काठमाडौँः ब्राजिलले समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध कठिन जित निकालेको छ । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई २-० को जित पक्का गराए ।
पहिलो हाफ र दोस्रो हाफ बराबरीमा सकिएको अवस्थामा काउटिन्होले थपिएको ६ मिनेट अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए । त्यसपछि नेमारले गोल गरे। यो जितसँगै ब्राजिलm समूह ई बाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यो जितले ब्राजिललाई दोस्रो चरणमा पुग्ने सम्भावना मजबुत भएको छ ।
यसअघि नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएको थियो । खेलको ७९ औँ मिनेटमा नेमारलाई कोस्टारिकाको डि बक्समा लडाएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएका थिए ।
पेनाल्टी हान्न नेमार तयार भएको अवस्थामा भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिने निर्णयलाई उल्टाइएको थियो । त्यसपछि खेलको ८१ औँ मिनेटमा ब्राजिलका नेमार र काउटिन्होलाई रेफ्रीले एलोकार्ड देखाएका थिए ।
त्यसअघि खेलको नवौँ मिनेटमा ब्राजिललाई पहिलो फ्रि किक मिलेको थियो । १० औँ मिनेटमा नेमारले फ्रि किक त हाने तर गोलमा परिणत गर्न चुके । उनी स्विट्जरल्यान्डविरुद्धको खेलमा गोलीगाँठोमा चोट लागेर घाइते भएका थिए । खेलका क्रममा २६ औँ मिनेटमा नेमारको पासमा ग्याब्रियल जिससले गोलमा परिणत त गरेर तर रेफ्रीले उनलाई अफ साइड दिए ।
खेलको पहिलो पहिलो कर्नर ३९ औँ मिनेटमा ब्राजिललाई मिलेको थियो । जसलाई विलियनले प्रहार गरे । त्यसैगरी कोस्टारिकाले पनि केही राम्रा मुभ निकाल्यो तर फिनिसिङमा समस्या देखियो ।
सन् २०१५ को विश्व कपमाकप्तान रहेका थियागो सिल्भा पनि एक सालपछि टिममा सहभागी भए । सिल्भा यस खेलमा टिमको कप्तानीमा थिए । ब्राजिलले गत आइतवार स्विट्जरल्यान्डसँग निराशाजनक १(१ को बराबरी खेलेको थियो । सर्बियाविरुद्धको खेलमा हारेपनि कोस्टारिकाको रक्षापं्क्तिले बलियो प्रदर्शन गरेको थियो ।
ब्राजिल पछिल्लो विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । जहाँ उसलाई जर्मनीले ७(१ से हराएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलले नेदरल्यान्डलाई हराएको थियो । प्रि(क्वार्टरफाइनलमा पुग्न ब्राजिलले यो खेल जित्नै पर्ने दबाब छ । अहिले ब्राजिलसँग १ अंक मात्रै छ ।
June 22, 2018 8:03 pm | खेलकुद,टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

