डा. केसी र सरकारबीच सहमति, आजै अनसन तोड्ने तयारी
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच सहमति भएपछि अहिले सरकारी वार्ता टोली र डा. केसी पक्षबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।
“डा. केसीका मागमा सहमति भएको छ,” वार्तामा सहभागी उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “सिँहदरबारमा हुने वार्तामा हस्ताक्षरको तयारी छ ।” उनले कुन कुन विषयमा सहमति भयो भन्ने बारेमा भने खुलाउन चाहेनन् ।
डा. केसी अनशनमा बसेको आज २७ दिन भएको छ । २७ औं दिनका दिन डा. केसी र सरकारी पक्ष सहमतिमा पुगेका हुन् ।
बुधबार भएको वार्तामा सहमतिको अपेक्षा गरिएको भए पनि एकाएक वार्ता असफल भएको थियो । सचिवस्तरीय वार्ता टोलीसँग विधेयकका सम्बन्धमा कुनै पनि म्यान्डेट नभएको भन्दै डा. केसी पक्षधरले वार्तामा बस्न अस्वीकार गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमालगायतका टोलीलाई बालुवाटार बोलाएका थिए । सोही वार्तामा सहमति जुटेको छलफलमा सहभागी एक नेताले बताए ।
यी हुन् डा. केसीले अघि सारेका मागहरु
१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगायत कामहरु सुचारु गरियोस् ।
२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातकोतर तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।
३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।
४)चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठह¥याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।
५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्िवधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस्। आगामी शैक्षिक सत्रदेखि सबै निजी संःथाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् ।
७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारबाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु गरियोस्।
July 26, 2018 4:06 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने