

गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलाले मध्यपूर्वमा कार्यरत नेपालीहरुको हकहित र भविश्यमा स्वदेश फिर्ति सुरक्षित बनाउन सफल रहोस्

सुरज मास्के –
कुवेत
यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलामा यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याको बारेमा ठुलै छलफल गरिनेछ र घोषणा पत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन सी सीका पदाधिकारीहरु तथा एन आर एन अभियन्ताहरुको सहभागिता रहने कुरामा दुइ मत छैन र यो हुन पनि पर्छ । यस भेलाले जारी गर्ने घोषण पत्र विगतका जस्तै घोषणामा मात्रै सिमित रहन नदिन दोश्रो पटक भेलाको आयोजना गर्ने मौका पाएको एनसीसी यु ए इ ले ध्यान दिन पनि जरुरी छ । दुइ वर्षीय चुनावका बेलामा मात्र सदस्य भएका पञ्जिकृत सदस्यहरुबाट पनि सकेसम्म धेरै सहभागी गराउन जरुरी छ । कतिपय एनसीसी हरुले वार्षिक साधारण सभा गरी सकेका छन् र पक्कै पनि ती पञ्जिकृत सदस्यहरुको राय सल्लाह लिएकै छन् भन्ने विश्वास छ ।
२०११ मा दुबईमा नै भएको भेलाले पारित गरेको सामुहिक लगानीमा के कति प्रगती भए र मध्यपूर्वबाट कति लगानी भन्दा पनि कति व्यक्ति सहभागी भए भन्ने कुराको पनि जानाकारी गराइनेछ भन्ने आशा छ । मध्यपूर्वबाट ठुला लगानी भन्दा पनि धेरै जना सहभागी हुने गरि साना तथा मझौला सामुहिक लगानी जुटाउन जोड दिइनु पर्दछ । विशेष गरि धेरै भन्दा धेरै रोजगारीको श्रृजना गर्ने प्रकारको । मध्यपूर्वमा कार्यरत एनआरएनहरु केही वर्ष पछि स्वदेश नै फर्किनेहुन् र तिनीहरुको स्वदेश फिर्ति पछि पनि केही हद सम्म रोजगारी प्राप्त गर्ने माध्यम बनाउन सकोस् भन्ने तरिकाले सामुहिक लगानीको कार्यलाई सुचारु गर्नु पर्छ । धेरै योजना र धेरै रोजगारीको श्रृजना भएमा अवश्य पनि यस क्षेत्रका धेरै भन्दा धेरै नेपालीहरुलाई यस संघमा अवद्ध गराउन सकिने छ । मध्यपूर्वका एनआरएनहरु यस संघको देखाउने दाँत र दोहोरो नागरिकताको माग गर्न मात्र प्रयोग गरिन्छ भन्ने आम नेपालीको भावना बदल्न पनि यस प्रकारको आयोजनाले गर्नेछ । सुनौलो भविश्य बोलेर घोषणा गरेर मात्र होइन निश्चित योजना बनाएर अघि बढ्नु पर्छ । यस प्रकारको आयोजनाले हरेक एनसीसीहरुलाई वर्ष भरि नै सकृय राख्नेछ ।
मध्यपूर्वमा कार्यरत नेपाली महिलाहरु छुट्टी पछि फेरी फर्किन नपाउने स्थिति छ यसको समाधानको बाटो पनि यस भेलाले खोज्नु पर्नेछ । मानव संसाधन व्यवसायीलाई तिरस्कार गरिने परम्परा मध्यपूर्वमा व्याप्त छ, तिरस्कारको सट्टा यसलाइ कसरी सिस्टमेटिक गर्ने र उनीहरुलाई कसरी उत्तरदायी बनाउने भन्नेबारेमा पनि छलफल गर्दै समाधानको बारेमा योजना बनाउनु पर्नेछ । घर विदामा गएर फर्किन चाहनु भनेको काम र सुविधा कम्पनी वा घर मालिक ठिकै भएर नै हो नराम्रो भए कोहि पनि फर्किन चाहँदैनन् भन्ने कुरा सरोकारवालाहरुलाई बुझाउन पर्ने छ । व्यवस्थित रुपमा मानव संसाधन व्यासाय गर्न बाध्य बनाउनु पर्छ भने अव्यवस्थित रुपमा यस्ता कारोबार गर्नेलाई कार्यवाही गर्न पनि यो संघ हिच्किचाउन हुदैन । सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको नारा सफल पार्न गहन रुपमा यस विषयमा गहन छलफल र निश्कर्ष निकाल्नै पर्छ र यसको कार्यनव्ययन कसरी गर्ने भन्ने बारेमा रोडम्याप पनि तय गर्नु पर्छ ।
ज्ञान शीप र उद्दमशीलताको यस भेलाको मुख्य नारा नै छ । आशा छ यस नाराको बारेका गहन छलफल हुनेछ र लागु पनि गरिनेछ । ज्ञान र शीप स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन नेपाल सरकारसंगको सहकार्यमा अघि बढ्नेछ भन्नेबारेमा आम नेपालीको रुपमा बुझेको छु । त्यतिमात्र नभइ निम्न वर्गीय कामका लागि आएका नेपालीहरुको ज्ञान बढाउन पनि यस भेलाले योजना तय गर्नुपर्नेहुन्छ भने हरेक एनसीसीले सम्बन्धित राज्यमा रहेका नेपालीहरुलाई केही समय ज्ञान र शीप आर्जन गर्न प्रोत्साहन गर्न पर्ने हुन्छ । हालको दिनमा VLT (Virtual Live Training) को व्यवस्था गर्न पनि सकिन्छ । २० लाख नेपाली कार्यरत रहेको मध्यपूर्वबाट २० जना मात्र यस नारामा सम्बन्धि कार्य गर्ने र फाइदा प्राप्त गर्दैमा समृद्धी आउनु हुदै होइन । अहिले सम्मको सदस्य संख्या र कार्य हेर्दा यही नै देख्निछ । Safety & Security,Information Technology Merchandize जस्ता विषयमा धेरै विज्ञहरु पनि छन् र उनीहरुलाई नै समाज सेवाको रुपमा परिचालन गर्दे ज्ञान र शीप बढाउन अन्य नेपालीलाइ सहयोग गर्न पर्छ ।
अन्तमा यस भेलाले मध्यपूर्वमा कार्यरत नेपालीहरुको हकहित र भविश्यमा स्वदेश फिर्ति सुरक्षित बनाउन सफल रहोस् । विगतका घोषणा पत्रहरुको लेखाजोखा सहित सुन्दा राम्रो लाग्ने भन्दा पनि लागु गर्न सकिने घोषणाहरु आउन । धेरै भन्दा धेरै नेपालीहरु लाभावन्ति हुन पाउन् । कार्यक्रम भव्य रुपमा सफल रहोस् ।
August 2, 2018 9:28 pm | विचार/ब्लग
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

