कलाकार प्रधानमन्त्री : मेकअप गर्दा पनि सहज छन्
काठमाडौं, २० साउन । बुझ्नेलाई सजिलो, नबझ्नेलाई कडा, धेरै बुझ्नेलाई व्यंग्यको ‘इनसाइक्लोपेडीया’ हुन् प्रधानमन्त्री केपी शर्मा ओली ।नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष ओली कलाकारिताका लागि पनि त्यतिकै सहज छन् । कुनै सुुुटिङ गर्नुपरेको खण्डमा त्यसका लागि आवश्यक हरेक काममा सहजता देखाउँछन् । तस्बिरमा मेकअप गरिरहेका प्रधानमन्त्री ओली ‘जनतासँग प्रधानमन्त्री’का लागि तयार हुँदैछन् । र, उनलाई मेकअप गरिरहेका छन् विनोद लामाले । गएको महिनादेखि सुरु भएको कार्यक्रमको ‘सुटिङ’पूर्व प्रधानमन्त्री ओलीलाई क्यामेरा र लाइटमा राख्नुअघि मेकअप गरिएको हो ।
‘कार्यक्रममा उहाँको अनुहारलाई अझ तेजिलो, लाइटमैत्री र राम्रो देखाउनका लागि मेकअप गरिन्छ’, कार्यक्रम निर्माण समुहका एकले भने,‘अन्य कार्यक्रममा पनि यसरी मेकअप गर्ने चलन छ ।’त्यसो त प्रधानमन्त्री हुनुपूर्व नै ओली मेकअप, क्यामेराको टेक र अभिनयका लागि प्रख्यात थिए । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव पूर्व तत्कालिन नेकपा एमालेको भिडियो प्रचार सामग्रीका लागि पनि उनले अभिनय गरेका थिए । त्यसबेला उनको निवास बालकोटमा पुगेर भिडियो सुटिङ गरेका निर्देशक भानु प्रतापले भने,‘उहाँ जस्तो सजिलो मान्छे त को होला र ? नेतामा नेता, सहजतामा सहजता । अभिनयका लागि पनि त्यतिकै सहज हुनुहुन्छ ।’
ओलीले त्यसबेला एकाध ‘टेक’ खाए । तर अन्य कलाकार भन्दा सहज हिसाबले भिडियोमा उनको अभिनय देखियो । त्यसबेला पनि उनलाई सिंगारेर उतारिएको थियो ।धेरै विधामा ज्ञान राख्ने प्रधानमन्त्रीको यसै पनि कलाकारिता तिर खुबी छ । उनले नेपालमा फिल्म एकेडेमीको परिकल्पना गर्नुको कारण उनी कलाकारितालाई माया गर्छन् भन्ने पनि हो । धेरैलाई थाहा नहुन सक्छ, प्रधानमन्त्री ओली कुशल गिटारिस्ट पनि हुन् । यसकारण उनी क्यामेरामैत्री पनि छन् ।
August 5, 2018 4:53 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण