काँग्रेस नेता पंगेनीको असामयिक निधनमा जनसम्पर्क समिति मकाउले निकाल्यो प्रेस बिज्ञप्ति
कर्ण बहादुर अधिकारी-
मकाउ -काँग्रेस नेता पंगेनीको असामयिक निधनमा जनसम्पर्क समिति मकाउले प्रेस बिज्ञप्ति निकालेको छ ।नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनी स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा हृदयाघातका कारण आइतबार निधन भएको थियो ।

प्रेस बिज्ञप्ति –
नेपाली काँग्रेस स्याङ्जा जिल्ला कार्य समितिका सभापति एवं पूर्व सांसद कमल पंगेनी ज्यूको यहि मिति २०७५ साल श्रावण २० गते ह्रदय घातका कारण ५६ बर्षको उमेरमा भएको असामयिक निधनले सम्पूर्ण लोकतन्त्रबादी,नेपाली काँग्रेसका नेता देखि कार्यकर्ता,त्यस क्षेत्रका नागरीकहरू साथै नेपाली जनसम्पर्क समिति मकाउ मर्माहित भएको छ।उहाँको दुखद निधनले नेपाली काँग्रेसले एक निष्ठावान,जुझारू,स्पष्ट बक्ता,कर्तब्य निष्ठ साथै लोक प्रिय नेता गुमाउनु परेको छ।उहाँको असामयिक निधनको यस दुखद घडीमा उहाँले पार्टी र लोकतान्त्रिक आन्दोलनमा पुराउनु भएको योगदानको उच्च सम्मान गर्दै नेपाली जनसम्पर्क समिति मकाउ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।स्वर्गीय नेता पंगेनी ज्यूको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परीवार जनहरू,लोकतन्त्रबादीहरूमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना व्यक्त गर्दै यस दुखद घडीमा नेपाली जनसम्पर्क समिति मकाउले आज मिति २०७५ साल श्रावण २१ गते शोक सभा गर्दै १ मिनेट मौन धारण गरेको छ।जय नेपाल।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने