Sunday 15th February 2026

ओमनमा भैरहवाका विमल गुरुङद्वारा झुन्डिएर आत्महत्या

8 years अगाडी

ओमन । रोजगारीका लागि ओमन आएका भैरहवाका विमल गुरुङले  आत्महत्या गरेका छन्।

विमल ५ महिना अघि काठमाडौँमा रहेको कर्णाली ओभरसिज प्राली मार्फत ओमन आएका उनी ओमन ईन्टरनेशनल ग्रुप (ओआईजि) मा किलिनरको रूपमा कार्यरत थिए।

उनले हिजो बिहीबार बिहान करिब ११ बजे आफू सुत्ने कोठाको पंखाको सिलिङमा झुन्डिएर आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत तनुँह मजकोटका बाबुराम विकले जानकारी दिए। अहिले उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। सोही कम्पनीमा कार्यरत साथीले बताए अनुसार उनको श्रीमती, एक छोरा र बहिनी छन्।

          August 10, 2018 3:38 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...