कलंकीमा जाम, अब ‘३० सेकेण्ड’ मात्र (भिडियो)
काठमाडौं – जामका कारण यात्रु हत्तुहैरान बन्ने काठमाडौंको कलंकीमा जाममा बस्नुपर्ने दिन सकिँदैछन् । अण्डरपास सञ्चालनमा आएसँगै कलंकीमा बढीमा आधा मिनेटको मात्र जाम हुने चक्रपथ सडक आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताउनुभयो ।
अण्डरपास निर्माणको लगभग सबै काम सकिएकाले अब केही दिनभित्रै सञ्चालन हुने उहाँले बताउनुभयो ।
झरीका कारण काम गर्न समस्या भएपछि अण्डरपास सञ्चालनमा केही ढिलाई भएको आयोजना प्रमुख भण्डारीको भनाई छ । शुक्रबार दिनभरि काम गर्न पाए अण्डरपासको काम लगभग पूरा हुने उहाँले जानकारी दिनुभयो ।
अण्डरपास सञ्चालन भएपछि चक्रपथमा गुड्ने गाडी अण्डरपासबाट सिधै ओहोरदोहोर गर्ने भएकाले जाममा बस्नुपर्ने छैन । आयोजना प्रमुख भण्डारीका अनुसार अण्डरपासमाथि बाट गुड्ने गाडीमध्ये बायाँतर्फ जाने गाडीले पनि जाममा बस्नु पर्दैन । जताबाट पनि बाँयातिर जाने गाडीले सिधै मोडिन पाउनेछन् । दायाँतर्फ मोडिनुपर्ने गाडीले भने केहीबेर पालो पर्खर्नुपर्नेछ । त्यसरी दायाँतर्फ जाने गाडीले बढीमा आधा मिनेट मात्र कलंकीमा पालो कुर्नुपर्ने प्रमुख भण्डारीले बताउनुभयो ।
चीनको अनुदान सहयोगमा कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो । अण्डरपास निर्माणको काम ६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर सुरु गरिए पनि २ वर्षमा बल्ल सकिएको हो ।
अण्डरपास सञ्चालनमा आएपछि कसरी हुनेछन् त कलंकीमा गाडी पास ? हेर्नुहोस् भिडियोमा
August 10, 2018 3:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने