आज – २७ साउन २०७५ आइतवारको राशिफल
आज – २७ साउन २०७५ आइतवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्योदय हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नसोचेको ठाउँ बाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । चोटपटक लाग्न सक्नेछ । आर्थिक सङ्कटले सताउनेछ । यात्रामा मालसामान हराउन सक्छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ । रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउने छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मुद्दा मामिला आइलाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद यात्रा हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
August 12, 2018 1:05 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।