

अाज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौं, २७ साउन । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आइतवार विश्वभर १९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।सार्वजनिक कार्यक्रममा युवाको सम्मानपूर्वक सहभागितालाई जोड्दै युवा दिवसको नारा तय गरिएको राष्ट्रिय युवा नीति– २०७२ तथा युथ भिजन–२०२५ निर्माण कार्यदलका सदस्य प्रदीप परियारले बताए
परियारका अनुसार नेपाली परिवेशमा युवा महिलाको हकमा यसपटकको नारा अझ बढी सान्दर्भिक छ । नेपालका किशोरी र युवा महिलाले धेरै समस्या झेल्नुपरेको प्रसङ्ग उठाउँदै उनले भने, ‘युवा महिलालाई सुरक्षित वातावरण कसरी दिन सकिन्छ भन्नेमा केन्द्रित हुन सके अझ राम्रो हुने थियो ।’
नेपालको सन्दर्भमा हरेक वर्ष करीब पाँच लाख युवा श्रम बजारमा आउने गर्छन् । वैदेशिक रोजगारीमा जाने युवाले कठिन र जोखिमपूर्ण काम गर्नुपरेको छ बैदेशिक रोजगारीमा जाने नेपाली युवाको अवस्थासँग जोडेर हेर्दा नारा निकै सान्दर्भिक समेत देखिन्छ ।
युवा तथा श्रम विज्ञ विष्णु खत्रीले ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नारालाई अवसर, सूचना, साधन÷स्रोतको पहुँच, युवाको पेशागत भविष्य, रोजगारीका अवसर, क्षमता विकासका लागि सुरक्षित वातावरण निर्माण गर्ने सन्दर्भसँग जोडिनुपर्ने बताउछन् ।नेपाली समाजमा रहेको संरचनात्मक विभदेका कारण धेरै युवा विभेद र शोषणको अवस्थामा छन्, खत्रीले भने, ‘यस्तो अवस्थामा उनीहरूले सुरक्षित वातावरणको अनुभूति गर्न पाउने सम्भावना रहँदैन्
August 12, 2018 11:34 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

