Saturday 27th December 2025

कुवेतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

7 years अगाडी

कुवेत – कुवेतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भयको छ । खोटाङ जिल्ला दिक्तेल रुपाकाेट मझुवागडि नगरपालिका वडा नः २ सोल्मा रबुटाेल स्थाई घर भयका नीर बहादुर राईको गत बिहिबार गाडीको ठक्करबाट मृत्यु भयको हो ।

राई बिगत १२ बर्ष देखी तान्जिप्को कम्पनीमा कार्यरत थिए । प्राप्त जानकारी अनुसार जिलिबमा बाटो काट्दै गर्दा तिब्र गतीमा आएको गाडीको ठक्करबाट उनको मृत्यु भयको हो । ४४ बर्षिय राईको श्रीमती र एक छोरी छन् । राईको शव सबै प्रकृया पुराएर छिट्टै नेपाल पठाईने नेपाली राजदुतावास कुवेतले जनाएको छ ।

          August 14, 2018 4:01 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...