Sunday 15th February 2026

युएईवासी नेपालीले गरे लाखेलाई बिदाई 

8 years अगाडी

युएई – नेपाल कराते महासंघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेलाई युएईवासी नेपालीले भब्यरुपमा बिदाई गरेका छन् ।एभरेष्ट युएई मार्सल आर्टको आयोजनामा बुरदुबई स्थित एभरेष्ट युएई मार्सल आर्टको सभा हलमा एक कार्यक्रम गरी फुलको माला तथा खादा ओढाई लाखेलाई बिदाई गरीएको हो  ।

पुरेन्द्र बिक्रम लाखेको प्रमुख अतिथित्यमा सम्पन्न बिदाई कार्यक्रममा गैर आवासीय नेपाली संघ युएईका केन्द्रिय सदस्य समिम खान,  गैर आवासीय नेपाली संघ क्षेत्रीय समिती दुबई राज्य कमिटी अध्यक्ष मदन अधिकारी , संञ्चारकर्मी रमेश क्षितिज , काठमाडौँ प्यालेस रेष्टुरेन्टका सुपरभाइजर राजिब श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा लाखेले नेपालमा करातेको प्रारम्भ देखी अहिले सम्मको यात्रा , खेलकुद र खेलाडिहरुको अवस्थाबारे बोलेका थिए ।खेलाडीहरुको खेलप्रतिको अन्धो लगाबकै कारण खेल टिकिरहेको बताएका थिए । खेलाडी प्रतिको सुबिधा, राज्यको कम चासो रकम सुबिधाकै कारण अपेक्षाकृत प्रतिफल पाउन नसकिएको पनि उनले औल्याए । एभरेष्ट युएईको आतिथ्यतालाई खुलेरै तारिफगरेका लाखेले खेलाडिको प्रोत्सान र हौशलाका लागी आफुले महासंघबाट सक्दो सहयोग गर्ने समेत बताए । कार्यक्रममा संञ्चारकर्मीरमेश क्षितिजले स्वागत मन्तब्य र प्रशिक्षक रबी शाहिले कार्यक्रम संचालन गरेका थिए । लाखे एशियन करातें फेडेरेशनको बैठकमाभागलिनको लागी युएईको दुबईमा आएका थिए । दुबईको छोटो भ्रमण सकी भोली नेपाल फर्कदै छन् ।

          August 15, 2018 4:20 am | प्रवास,फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...