मृगौला पीडित कमल गुरुङलाई कुवेतबाट आर्थिक सहयोग
माधब शाही –
कुवेत – मृगौला पीडित कमल गुरुङलाई कुवेतबाट नेपाली दाजुभाई हरुले आर्थिक सहयोग गरेका छन् । आर्थिक स्थिति कमजोरभई उपचार गर्न समस्या भयपछी कुवेतमा कर्म थलो बनाई बसेका नेपाली दाजु भाइले सहयोग संकलन बाट उठेको रु ५८ हजार १ सय ६८ उपचारको लागी पीडित गुरुङलाई नेपाल पठाई दियको डि बि भुसालले जानकारी दिए ।
भुसालले भने साल्मिया बाट हेमन्त गुरुङ जहारा बाट घनश्याम बस्ताकोटी ईगेला बाट बुध बहादुर बि क फर्वानिया बाट मुक्तबहादूर बि क र डि बि भुसाल बाट संकलन भयको रकम कुवैत बाट नेपाल पठाएको हो
स्यांजा चापाकोट नगरपालिका ७ बङ्ररादि घर भएका मृगौला पीडित ४२ वार्षिय कमल गुरुङको दुई छोरा, एक छोरी ,र श्रीमती छन्। पीडित कमल गुरुङ लाई प्रेसर बढिरहने , टाउको दुख्ने लगायतका रोगले सताउदै आएको र गत माघमा रोगको चेक जाँच गर्दादुबै मृगौला फेल भएको डाक्टरले पुष्टि गरेको थियो । हाल उनी पोखराको चरक हस्पिटलमा मृगौला डायलाइसिस गराउंदै आएकाछन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।