‘यो सिजन बार्सिलोनाको उदेश्य च्याम्पियन्स लिग जित्नु हो’
एजेन्सी, ३१ साउन । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले यस सिजनको च्याम्पियन्स लिग जित्न हरसम्भव प्रयास गर्ने बताएका छन् । गएको सिजन एस रोमासँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।उनले भनेका छन्, ‘गएको सिजन हामीले दुईवटा उपाधि जित्न सफल भएका थियौ । ला लिगा र कोपा डेल रेको उपाधि जितेको बार्सिलोना यस सिजन क्याम्प नोउमा च्याम्पियन्स लिगको उपाधि ल्याउन चाहन्छ ।’
यस सिजन बार्सिलोनाले केही विशेष खेलाडीहरुलाई अनुबन्ध गरेको र च्याम्पियन्स लिग जित्न पर्याप्त रहेको उनले बताएका छन् ।जाभी र इनियस्टाले बार्सिलोना छोडेपछि उनीमाथि ठुलो जिम्मेवारी रहेको छ । बार्सिलोनाको कप्तान हुन पाउँदा आफु अत्यन्त खुसी भएको र आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने उनले बताएका छन् । उनले यस सिजन च्याम्पियन्स लिग जित्ने सबै खेलाडीको उदेश्य समेत भएको बताएका छन् ।
August 16, 2018 12:07 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने