राष्ट्रियसभाका सांसदहरुले बाढी र पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको स्थलगल अवलोकन गर्न माग
काठमाडौं। राष्ट्रियसभाका सांसदहरुले बाढी र पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको तत्काल स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।जागरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका सांसदद्वय कालिबहादुर मल्ल र भैरवसुन्दर श्रेष्ठले जाजरकोट जिल्लाको विभिन्न स्थानमा आएको बाढी र पहिरोले भेरी नदी केहीबेर थुनिँदा ठूलो प्राकृतिक विपत्ति आइपरेको उल्लेख गर्दै त्यसको स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै जाजरकोटका सांसद मल्लले नलगाड नगरपालिकामा आएको पहिरोले भेरी नदी थुनिँदा त्यहाँ ठूलो मात्रामा जग्गा जमिनको क्षति भई स्थानीय विस्थापित हुने अवस्था आएको भन्दै तत्काल उचित राहतको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गरएका थिए।सांसद मल्लले पहिरोले झुप्राखोलामा हालेको पुल बगाएकाले त्यसको पनि उचित व्यवस्था गर्न सरकारसँग माग गरे। अर्का सांसद श्रेष्ठले पनि जाजरकोटको खहरे खोलाले बगाएर ज्यान गएका उमेश शाहीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
गत मंगलबार जाजरकोटमा नलगाड नगरपालिकास्थित वडा नम्बर २, ३, ६ र ७ मा आएको बाढि र पहिरोका कारण त्यहाँको बस्ती जोखिमा परेको छ । सांसदहरुले सोही क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।