हिन्दू राज्यको पक्षमा इसाई अगुवा
इसाई समुदायका एक अगुवा एवम् राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य केबी रोकायाले सबै धर्मको रक्षाको निम्ति नेपाल हिन्दू राज्य हुनु पर्ने धारणा व्यक्त गरेका छन्।
बीबीसीको साप्ताहिक नेपाल सन्दर्भमा बोल्दै उनले धर्मनिरपेक्ष नेपालीको एजेन्डा नभएको बताए।
मुलुकी ऐन विस्थापित गर्न जारी गरिएका कानुनले धर्म परिवर्तनको नियतले गरिने प्रचारलाई दण्डनीय ठान्ने जस्ता प्रवधानबारे कुरा गर्ने क्रममा उनले त्यस्तो मत राखेका हुन्।
धर्मनिरपेक्ष राष्ट्रमा त्यस्ता कानुन बन्नुलाई उनी स्वाभाविक ठान्छन्।
विगतमा आफूले धर्म निरपेक्षताको पक्षमा वकालत गरेर गल्ती गरेको उनको स्वीकारोक्ति छ।
तीन वर्षयता अध्ययन गर्दा ‘धर्म निरपेक्षता र गणतन्त्र’ नेपाल र नेपालीको एजेन्डा नभएको निचोडमा पुगेको उनले सुनाए।
उनी भन्छन्, “राष्ट्रिय एकता र अखण्डताको निम्ति कुनै न कुनै रूपमा राजतन्त्र र सबै धर्मको रक्षा एवम् समाजलाई सही बाटोमा हिँडाउन नेपालको सन्दर्भमा हिन्दू राज्य पुनर्स्थापना डजरुरी छ।”
बाह्य शक्तिको स्वार्थमा ती निर्णय भएको निर्क्योल गर्दै उनले पुनर्विचार नगरिए सबै धर्मको विनाश हुने र राष्ट्रिय अस्तित्व नै खतरामा पर्ने विश्लेषण गरेका छन्।बीबीसी
August 16, 2018 4:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।