सिटि अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई २ लाख सहयोग।
कर्ण अधिकारी मकाउ।
बिगत ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान ९ बजे प्रेसर र इन्टरनल ब्लिडिङका कारण असामयिक निधन भएकोमा उहाँको निधन प्रति सिटि अफ ड्रिम क्यासिनो र स्टुडियो सिटि क्यासिनोमा कार्यरत नेपाली सेक्युरीटी परीवारले दु:ख ब्यक्त गर्दै मृतकका परीवारलाई केहि आर्थिक सहयोग गरौ भन्ने उदेश्य राखेर गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउले पठाएको पत्रलाई आधार मान्दै सिटि अफ ड्रिम क्यासिनो र स्टुडियो सिटी क्यासिनो कार्यरत रहेका नेपालीहरू बाट रकम संकलन गरेर सिटि अफ ड्रिमको तर्फबाट मोप ८०२७ अर्थात नेरू.१ लाख १० हजार ४२५ रूपैया र स्टुडियो सिटी क्यासिनोबाट मोप ७२५० र ५ सय एच केडी अर्थात ने रू १ लाख ६ हजार ८ सय ४५ रूपैया गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय आईसीसी सदस्य मुकेश बरूवाल र गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका उपाध्यक्ष मंगल राईलाई गैर आबासीय नेपाली संघ एशिया प्यासेफिकका आर्थिक स्थायीत्व समितिका सह संयोजक अम्बिर जोशी र स्टुडियो सिटी क्यासिनोमा कार्यरत समाजसेवी एवं खेलाडी शंकर धमलाले हस्तान्तरण गरेका थिए।
बिगतका देखि नै सिटीअफ ड्रिम र स्टुडियो सिटी क्यासिनोमा कार्यरत रहेका नेपालीहरूले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूलाई दु:ख पर्दा सहयोग गर्दै आएको छ।भूकम्प पीडित,पहिरो पिडित देखि मकाउमा मृत्यू भएका नेपालीहरूको परीबारलाई आर्थिक सहयोग गर्दै आएको छ।यस्ता समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म भन्छन सिटि अफ ड्रिम क्यासिनोमा कार्यरत अम्बिर जोशी र शंकर धमला।आउदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।