Saturday 27th December 2025

साउदी अरबको जिजानमा मैत्रिपुर्ण खुल्ल भलिवल प्रतियोगति हुदै ।

7 years अगाडी

१८ अगस्ट, २०१८
तेज थापा, साउदी संवाददाता
साउदी अरबको जिजानमा यही आउदो २३-२४ अगस्तकामा मैत्रिपुर्ण खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति जिजानले आयोजना गर्ने तयारी गरिरहेको हो । मुस्लिम धर्मालम्विहरूको महान पर्व इल अलआधाको अवसरपारी प्रतियोगिता आयोजना गर्न लागीएको हो ।

रोजगारीका सिलसिलमा जिजान र आसपासका रहेका नेपालीहरू बिच आपसि सद्भाव र भाइचार स्थापित गर्ने उदेश्यका साथ भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको, एनआरएनए जिजना क्षेत्रिय समन्वय समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रमलाइ व्यवस्थित रूपमा सम्पन्न गर्न पिताम्बर आले , कृष्ण कुमार श्रेष्ठ, रबिन्द्र तामाङ ,लाल बहादुर आले तथा लिला बहादुर बुढाथोकी सम्मेलित एक समिति गठन गरिएको उनले बताए ।

केसिसि कम्पाउन्ड, बेस जिजानमामा खेलाइने खेलमा प्रथम, द्विय र तृतिय स्थान बिजयि टिमलाइ क्रमशः पन्ध्रसय, एकहजार र छसय साउदी रियाल पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरि आयोजकले जनाएको छ । प्रतियोगितामा करिव १५ टिम सहभागि हुने अनुमान गरिएको छ ।

          August 18, 2018 3:47 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...