Saturday 13th September 2025

ओली सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगिन् कामिनी

7 years अगाडी

काठमाडौं, ३ भदौ । पदमुक्त गर्ने सरकारी निर्णयलाई चुनौती नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी सर्वोच्च अदालत पुगेकी छन् ।कामिनी सरकारले आफूलाई गलत मनसाय राखेर हटाउने निर्णय गरेको भन्दै पुनर्बहालीको माग राख्दै सर्वोच्च पुगेकी हुन् । उनले आफू प्रतिस्पर्धाबाट निश्चित अवधिका लागि नियुक्त भएको स्मरण गराउँदै भदौ १ गते सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

उनलाई गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पदबाट हटाउने निर्णय गरेको थियो । उनले पुनर्बहालीको लागि केही तर्क अगाडि सारेकी छिन् । उनले टेलिकमको सुधारमा आफूले काम गरिरहेको तर सरकारले इच्छित व्यक्तिलाई नियुक्त गर्न प्रतिस्पर्धाबाट नियुक्त भएको व्यक्तिलाई हटाइएको दाबी गरेकी हुन् । उनले सरकारले छिट्टै नयाँ नियुक्ति गर्न सक्ने भन्दै अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय बदर गर्न माग गरेकी छन् ।

उक्त मुद्दाको पेशी न्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासमा आइतबारका लागि तोकिएको छ ।सरकारले ७२ घन्टे स्पष्टीकरण सोधेर कार्यसम्पादन सन्तोषजनक नभएको पदमुक्त गरेको थियो । प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएर आफैंले कार्यप्रगति सोधेका थिए ।भण्डारी २०७३ असोजमा तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् । उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक मात्र होइन, टेलिकमकै पहिलो महिला प्रबन्ध निर्देशक पनि हुन् ।

          August 19, 2018 11:48 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...