Tuesday 11th November 2025

कुवेतमा फेरि अर्का नेपाली युवाको मृत्यु

7 years अगाडी

अगस्ट १९,कुवेत – कुवेतमा स्याङ्जाका एक युवाको आइतबार मृत्यु भएको छ। कुवेतको (Al-ennma Real Estate Company) अल-ईन्मा रियल स्टेट कम्पनीमा सेकुरुटी गार्डमा कार्यरत दिपक परीयारको मृत्यु भएको हो।

४४ बर्षिय दिपक २ बर्ष पहिले कुवेत आएका थिए। सधै झै बेलुकी खाना खाएर सुतेको र बिहान उठ्दा सुतेकै स्थानमा मृत्यु भएको सहकर्मी सुदिप कार्कीले हिमाली संचारलाई बताए।

परीयारको अबुहालिफा स्थित कम्पनीकै कोठामा मृत्यु भएको हो । मृतक परियारले ३ दिन देखि अत्यधिक मादक पदार्थ सेवन गरेको बुझिएको छ । यद्यपि मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

कुवेतको ग्लोबल बैंकमा सेकुरुटी कम्पनीको सप्लार्समा सेकुरुटी गार्डको काम गरीरहेका दिपक राम्रै कमाई भैईरहेकोले घर बिदा जान क्यानसिल गरेर नियमित काम गरीरहेका थिए।

स्याङ्जा घर भएका दिपकको परिवार केहि समय यता पोखरामा बसोबास गर्दै आइरहेका थिए । मृतक दिपकका एक छोरा र श्रीमती छन ।

उक्त घटनाको बारेमा आइतबार नै नेपाली राजदूतावास कुवेतमा जानकारी गराइ सकिएको छ ।

          August 20, 2018 12:07 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...