काभ्रेली कप-२ सम्पन्न, विजेता याताइमुरा नेपाल युनाइटेड व्रदर्स समुह
Thanks टोकियो,स्पोर्ट फ़र ब्रदरहुड भन्ने नारासहित काभ्रेली समाज जापानको दोस्रो क़ाभ्रेली कप २०१८ फुटसल टुर्नामेन् भव्यरुपमा सम्पन्न भएको छ। काभ्रेली समाज जापानका केन्द्रीय सदस्य एवं खेलकुद बिभाग प्रमुख गोपाल थोकर तामाङका अनुसार आइतबार साइतामाको ल्याडर स्पोर्ट्स ग्राउन्डमा सम्पन्न उक्त खेलमा ३२ समहुको सहभागिता रहेको थियो भने समुह याताइमुरा नेपाल युनाईटेड ब्रदर्स ५६ मान (पाँच लाख साठ्ठी हज़ार) नगद पुरस्कार सहित ३-२ अन्तरले पहिलो विजेता बन्न सफल भएको छ।
त्यसै गरी २३ मान यान ( दुई लाख तिस हज़ार )नगद सहित समुह नागोया नेप्लीज एफ सि दोर्सो र ११ मान यान( एक लाख दस हजार) नगद पुरस्कार सहित लाफा एफ सि ‘बी’ तेस्रो हुन सफल भएको छ। प्रतियोगितामा नागोया नेप्लीज एफ सि का शंकर श्रेष्ठ उत्कृष्ट खेलाड़ी,याताईमुरा नेपाल युनाइटेड ब्रदर्सका विवेक जंग कार्की उत्कृष्ट गोलरक्षक र प्रितम गुरुगं वेस्ट डिफ़ेन्डर तथा समुह नागोया नेप्लीज एफ सि कै वांगेल लामा भने उच्च गोलकर्ता बन्न सफल भएसङ्गै चारै जनालाई जनही नगद १२ हज़ार पाँचसय यान पुरस्कार पनि वितरण गरिएको छ भने लिभिंग लेजेन्ड अवार्ड र लाइफ़ टाईम अचिभ्मेन्ट अवार्ड क्रमश: संगीत शाक्य र विसन गौचनलाई प्रदान गरिएको छ।
उक्त समारोहमा नेपाल जापान फुटवल एसोसिएशनका अध्यक्ष वसन्त गौचनको प्रमुख आतिथ्यतामा, अन्य विशेष अतिथि र अतिथिहरु लगायत काभ्रेली समाज जापानका अध्यक्ष समीर टी. तामाङले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । साथै काभ्रेली समाजसंग हातेमालो गर्दै फुटसल टुर्नामेन्ट सफल बनाउन आर्थिक, भौतिक र नैतिक समर्थन जनाएका संघसंस्था र विशिष्ट व्यक्तिहरुलाई पनि मायाको चिनो सहित सम्मान गर्दै पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
August 20, 2018 1:16 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा