Tuesday 11th November 2025

वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

7 years अगाडी

नयाँदिल्ली, भदौ । वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उनको आजै दाहसंस्कार गरिने बताइएको छ ।सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत सेवा गरेका नायर सन् १९९७ मा भारतीय राज्यसभाको सदस्यमा मनोनित भएका थिए ।

नायरको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनी महान बौद्धिक व्यक्तित्व रहेको बताए । ‘कुलदीप नायर हाम्रो समकालीन पुस्ताका भिमकाय बौद्धिक व्यक्तित्व हो । आफ्ना विचारमा स्पष्ट र निडर श्री नायरको कृतित्व दशकौंसम्म सम्झना भइरहनेछ । श्री नायरले आपतकालका विरुद्ध तथा राम्रो भारतका लागि व्यक्त गर्नुभएको प्रतिबद्धता अनन्तकालसम्म स्मरणीय रहनेछ ।’

सन् २०१५ मा नायरलाई पत्रकारिताका क्षेत्रमा गरेको योगदानको स्मरणमा रामनाथ गोयन्का एक्सिलेन्स अवार्डको अठारौं संस्करणका अवसरमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनका समसामयिक राजनीतिक तथा पत्रकारिता विषयमा १५ वटा पुस्तक प्रकाशित छन् ।

          August 23, 2018 1:54 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...