शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा फोहोर व्यवस्थापन जटिल बनेपछि शहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट अनुगमन गर्नुभएको छ । स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित निकाय तथा स्थानीय प्रतिनिधिसँग छलफलका लागि उहाँले बञ्चरेडाँडाको अनुगमन गर्नुभएको हो ।
काठमाण्डौ महानगरपालिका र अन्य पालिकाबाट गरी काठमाण्डौ उपत्यकाभित्र दैनिक एक हजार दुई सय टनभन्दा धेरै फोहोर उत्पादन हुने गरेको छ । सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित हुँदै गएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक व्यवस्थापन ठाउँको रूपमा विकास गरिएको थियो ।
मन्त्री घिसिङले अनुगमनका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे जानकारी लिनुभएको छ । फोहोर विसर्जनले वातावरणीय प्रदुषण, पानीका मुहानमा असर, स्वास्थ्यमा जोखिमलगायतका समस्या पटक–पटक उठ्ने गरेको छ ।
स्थानीयबासिन्दासँग विगतमा सरकारले १८ बुँदे सहमति गरे पनि कार्यान्वयन नभएको गुनासो छ । अहिले स्थानीयबासिन्दाले फोहोर लैजान रोकेका छन् । अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर छुट्याउने प्रक्रियालाई कडाइका साथ लागू गर्न र स्थानीयसँगको सहमति कार्यान्वयन गर्न निर्देशन समेत दिनुभएको छ । उज्यालो
November 2, 2025 2:51 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा मिति ५ जुन २०२६ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ्।
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !