कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
कुवेत/राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ कुवेत- कुवेतमा बस्ने नेपालीहरूका लागि अर्को उत्साहजनक खबर आएको छ। नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical Fest २०२६’ को मिति र स्थान तय गरेको छ।

कार्यक्रम आउँदो ९ जनवरी २०२६ (शुक्रबार) का दिन कुवेतको Aspire Indian School, जिलिबस्थित सभाहलमा हुनेछ। दिउँसो ठीक २ बजेबाट सुरु हुने यो सांगीतिक कार्यक्रम कुवेतका नेपाली समुदायका लागि एक विशेष भेटघाट र रमाइलोको अवसर बन्ने अपेक्षा गरिएको छ।यस वर्षको मुख्य आकर्षण सबैको मनमा सकेका लोकप्रिय गायक र संगीतकार राजु लामा हुन। निरेम प्रोडक्सनले राजु लामालाई मुख्य अतिथि कलाकारका रूपमा आमन्त्रण गरेको छ। उनको आवाज र प्रस्तुतिले कार्यक्रमको माहोललाई झनै जीवित बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। राजु लामासँगै निरेम समूहको आफ्नै NepTone Band ले पनि लाइभ प्रस्तुति दिने तयारीमा छ। तिनको जोशिलो प्रस्तुति र स्टेज शोले दर्शकलाई अझै तान्नेछ। कार्यक्रम संयोजक सुरेन्द्र लिम्बूका अनुसार, “हाम्रो उद्देश्य केवल मनोरञ्जन होइन, संगीतको माध्यमबाट नेपालीहरूलाई एकआपसमा जोड्ने र समाजका लागि केही योगदान गर्ने हो।”निरेम प्रोडक्सनले यो फेस्टलाई केवल रमाइलो कार्यक्रममा सीमित नराखी, नेपालीहरूको भावना, संस्कृति र एकताको उत्सवका रूपमा अघि बढाउने तयारी गरेको छ।थप जानकारी र टिकटका लागि www.niremupdate.com मार्फत सम्पर्क गर्न सकिनेछ।
November 8, 2025 2:19 am | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा मिति ५ जुन २०२६ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ्।
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !