ट्रम्पलाई महान्यायधीवत्ताको जवाफ- न्याय विभाग राजनीतिक दबाबको अघि झुक्दैन
एजेन्सी, ८ भाद्र । अमेरिकाका महान्यायधीवक्ता जेफ सेसनले आफुमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको हमलाको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो नेतृत्वमा रहेको न्याय विभाग राजनीतिक दबाबको अघि नझुक्ने बताएका छन् ।राष्ट्रपति ट्रम्पले महान्यायधीवक्ता सेसन आफ्नो विभागको नियन्त्रणभित्र नरहेको बताएका थिए । ट्रम्प न्यायीक विभागको कट्टर आलोचक हुन् ।
२०१६ को राष्ट्रपतिय चुनावमा भएको कथित रसियाली हस्तक्षेपमाथिको छानबीनलाई सम्हाल्ने जिम्मा उक्त विभागले लिइरहेको कारण उनी विभागबाट रुष्ट छन् ।महान्यायधीवक्ता जेफ सेसस यस अघि ट्रम्पको चुनावी अभियानका समर्थक थिए । तर त्यस अभियानमाथि छानवीन शुरु भएपछि सम्भावित स्वार्थको विवादबाट टाढा रहन उनले उक्त छानबीनको जिम्मेवारी आफ्ना सहायक रोड रोसेन्सटिनलाई दिएका थिए ।
सेसनको उक्त निर्णय र विशेष सल्लाहकार रोबर्ट मुलरको छानबीनमा भैरहेको प्रगतीले ट्रम्पलाई निरन्तर रुष्ट बनाइरहेको छ । रोबर्ट मुलर ट्रम्पले न्यायलाई अवरोध पुर्याएको नपुर्याएको बारेमा पनि छानबीन गरिरहेका छन् । यी सबैबाट आत्तिएका ट्रम्प लगातार ट्वीटरमार्फत सम्बन्धित अधिकारीहरुलाई हमला गरिरहेका छन् ।
August 24, 2018 2:20 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा