

कञ्चनपुर घटनाका घाइतेको उपचार सरकारले गर्छ : गृहमन्त्री थापा
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, ८ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताएका छन् ।
कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेका अर्जुन भण्डारालाई शुक्रबार अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताएका हुन् ।
बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई खोजी कारबाही गर्नुपर्ने मागसहित आन्दोलन गर्दा भण्डारासहित थुप्रै आन्दोलनकारी घाइते भएका थिए । गृह मन्त्रालयले बिहीबार मात्र पन्तको हत्याबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।
August 24, 2018 2:39 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।
Loading...

