

धार्मिक संघसंस्थालाई पनि कर, कर बढाउँदै लैजाने तयारी

काठमाडौं, ९ भदौ । दक्षिणकाली नगरपालिकाले धार्मिक संघसंस्था, भजनमण्डली, चर्च, मन्दिर र गुम्बालाई पनि करको दायरामा ल्याएको छ ।धार्मिक संघसंस्थाको गतिविधिको निगरानी तथा तथ्यांक राख्न आर्थिक विधेयकमार्फत स्थानीय तहमातहत ल्याइएको नगरपालिकाको भनाइ छ ।व्यवसाय सञ्चालन भएकालाई करको दायरामा ल्याउने प्रयास मात्र हो’, नगर उपप्रमुख वसन्ती डंगोल तामाङले भनिन्, ‘सुरुवातमा कम कर लगाएका छौंँ । समयअनुसार बढाउँदै लैजाने तयारी छ।’
नगरको आर्थिक ऐनमा व्यवसाय कर शीर्षकमा गुम्बामा सञ्चालित, होटल, लज, गेस्टहाउस आदिले वार्षिक ५० हजार रुपैयाँ तिर्नुपर्नेछ ।सिफारिस तथा प्रमाणित दस्तुरका रूपमा धार्मिक विद्यालय चलाउने संघसंस्थालाई पनि निश्चित कर तोकिएको छ ।त्यसैगरी योग र ध्यान केन्द्र खोल्न अनुमति पाएकाले नगरलाई स्वदेशी सञ्चालकको हकमा तीन हजार र विदेशी सञ्चालक भए १० हजार कर तिर्नुपर्ने उल्लेख छ ।
August 25, 2018 11:03 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

