

वालुवाटारमा नेकपा सचिवालयको आकस्मिक बैठक जारी
7 years अगाडी
Susma Dhakal

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।निर्मला पन्त हत्या प्रकरणको विरोधमा कञ्चरपुरमा आन्दोलन चर्किदै गएपछि नेकपाले आकस्मिक बैठक बोलाएको हो। बैठकमा कञ्चरपुरको भइरहेको हिंसात्मक घटनाका बारेमा छलफल हुने प्रधानमन्त्री स्रोतले जनाएको छ। शुक्रबारको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।
पन्तको हत्याको विरोधस्वरूप भइरहको आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चतकालीन कफ्र्यु लगाएको छ।शुक्रबार बेलुकी बसेको सुरक्षा समितिको बैठकले राती ८ बजेदेखि अर्को सुचना जारी नहुन्जेलका लागि भीमदत्तनगर नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको थियो । तर उक्त कर्फ्यु अहिलेसम्म जारी छ।
August 25, 2018 11:24 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।
Loading...

