साउदी अरबको जिजानमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न ।
तेज थापा-
साउदि अरब -नेपाली श्रमिकहरु बीच पारस्परीक भेट, समन्वय तथा भाइचारा स्थापित गर्ने उदेश्यका साथ गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान साउदी अरबले मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।केसिसि कम्पाउन्ड, बेस जिजानमा हिजो सम्पन्न प्रतियोगिता गत २३ अगस्ट, २०१८ बिहिवार देखि प्रारम्भ भएको हो ।
इस्लामिक धर्मावलम्विहरुको महान चाड इद अल अदाको उपलक्षमा आयोजना गरिएको मैत्रीपूर्ण खुल्ला भलिवल प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।
निकै प्रतिस्पर्धात्मक र रोचक अन्तिम खेलमा बिपक्षी टिमलाई पराजित गर्दै आयोजक टिम एनआरएनएले प्रथम स्थान हासिल गर्न सफल भएको हो भने दोस्रो र तेस्रो स्थान क्रमशः लांगाली रेड (अबाहा) र के सी सी ग्रुप ए ले हात पारेका छन् ।
प्रथम, द्वितीय र तृतीय स्थान जमाउन सफल टिमहरुलाइ कप, मेडल, ट्रफी र नगद रासि पुरुस्कार प्रदान गर्दै क्षेत्रीय समन्वय समिति जिजान तथा खेलकुद समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बिजयि टिमलाई बधाई दिदै सहभागी सबै टिमलाई संस्थाको तर्फ़बाट धन्यबाद प्रकट गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा श्रेष्ठ कै अध्यक्षतामा गठन भएको खेल संयोजक समितिले खेल भब्य र सभ्यरुपमा सम्पन्न भएको निश्कर्ष सहित प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने समितिका सबैलाई आभार प्रकट गरेको थियो ।
समितिमा अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अलावा, पिताम्बर आले मगर उपाध्यक्ष, रंबिन्द्र तामाङ्ग कोषाध्यक्ष, बाशु सिटौला सह-सचिव, लिला बा. बुढाथोकी कार्यकारि सदस्य, प्रकाश बि. क. सदस्य, लाल बाहादुर मगर सल्लाहाकार, दिलिप श्रेष्ठ सल्लाहाकार रहेका छन् ।
कार्यक्रम सफल बनाउन बिशेष सहयोग पुर्याउने के सी सी क्याम्पका म्यानेजर चक्र श्रेष्ठ, इन्जिनियर यज्ञ मगर र खडानन्द डागीलाई सम्मान सहित मेडल, कप र प्रमाणपत्रले सम्मान गरिएको बताउदै अध्यक्ष कृष्ण श्रेष्ठले के सी सी क्याम्पमा रहेका नेपाली श्रमिक दाजुभाइ तथा स्वयंसेवकहरुको सहयोग, साथ र समर्थनमा प्रतियोगिता सार्थक भएको जनाए ।
मिडिया पार्टनर समेत रहेको डि सी नेपाल गल्फले कार्यक्रम को प्रत्यक्ष प्रसारण गरेको थियोे भने जिजान वरपर रहेका करिव ५०० हाराहारीमा खेलप्रेमी दाजुभाइहरुले प्रतियोगिताको भरपूर्ण मनोरञ्जन लिएको प्रत्येक्षदर्शिले बताए ।
August 25, 2018 6:08 pm | खेलकुद,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा