Tuesday 11th November 2025

अस्पतालका १६ जना नर्स एकैपटक गर्भवती भएपछि

7 years अगाडी

एजेन्सी, १० भाद्र । विश्वमा दिनहुँ विभिन्न घटनाहरु घटिरहेका हुन्छन् । ती कतिपय सामान्य हुन्छन् भने कतिपाय अविश्वसनीय हुन्छन् । यस्तै घटना हालै एउटा अस्पतालमा भएको छ ।अमेरिकाको राज्य एरिजोनास्थित मेसामा रहेको बैनर डेजर्ट मेडिकर सेन्टरका १६ जना नर्सहरु एकैपटक गर्भवती भएका छन् । उक्त खबरले अस्पताल प्रशासनलाई अचम्मित तुल्याएको छ । ती सबै नर्सहरुको प्रसव अक्टुबर देखि जनावरीको बीचमा हुँदैछ ।

उनीहरुको गर्भबारे प्रश्न गर्दा ती नर्सहरुले ठट्ट गर्दै त्यस पछाडीको कारण अस्पतालको पानीमा गडबड हुनसक्ने बताए । नर्सहरुको त्यस्तो प्रतिक्रियाप्रति सामाजिक सञ्जालमा हाल चुटकिलाहरु बनिरहेको छ ।

जब सबै महिलाहरु एकैपटक प्रसुती विदामा बस्नेछन् तब अस्पताललाई नर्सको अभाव हुनेछ । नर्स गर्भवती भएको खबर बाहिर आएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर नर्सहरुको प्रसवको समयमा पनि विरामीलाई कुनै समस्या नहुने र प्रशासनले ब्याकअप स्टाफलाई काममा राख्ने बताएको छ ।साथै अस्पतालले ती गर्भवती नर्सहरुलाई बच्चाका लागि आवश्यक पर्ने कपडाहरु पनि दिएको छ । अस्पतालले ती महिला नर्सहरुलाई आरामदायक माहौलको अवसर दिने बताएको छ । अस्पतालले ती सबै नर्सहरुलाई बेवी सावरको आयोजना गरिदिएको छ ।

          August 26, 2018 3:46 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...