मधेशी समुदाका नेपाली युवाहरूबिच एकताको घोषणा ।
तेज थापा-
साउदि -साउदि अरबमा कार्यरत मधेशी समुदाका नेपाली युवाहरूद्वारा संचालीत मिथीला एकता समाज र अपन मिथीला सेवा समाज नामक संस्था लाई एकता गरेका छन् ।
नेपाली राजदुतावास रियादका स्थानीय कर्मचारी मो. अब्दुल रहिमको प्रमुख अतिथ्य तथा निरज राय पटेलको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्य समिती सहित विभिन्न क्षेत्रीय समितीको चयन गरिएको हो ।

बैठकको सिलसिलामा नेपालको जनकपुरमा संचालित “अपनमिथीलासेवासमाज” को मातहतमा कार्य गरिनेगरी ‘अपन मिथीला सेवा समाज केन्द्रीय साउदि अरबिया’ नाम रहनेगरी गठन गरिएको छ । नवगठित संस्थाको केन्द्रीय कार्य समितीको अध्यक्षमा मनोज कुमार ठाकुर, उपाध्यक्षमा द्वय जितेन्द्र याव एवम आसाराम यादव, कोषाध्यक्षमा लालबाबु यादव, सचिवमा बिल्टु मुखिया चयन भएका छन् भने प्रवक्तामा लाल बाबू साह रहेकम छन् । यसैगरी सदस्यहरूमा शत्रुधन यादव, अरूण कुमार मण्डल, सत्यनारायण झा रहनेगरी ९ सदस्य कार्यकारी समिती गठन भएको छ । जसको प्रमुख सल्लाहकारक निरज राय पटेल रहेका छन् ।

बैठकका दौरान विभिन्न क्षेत्रिय समितीको गठन पनि गरिएको छ जस अन्तर्गत क्षेत्रीय समिती दमाम कालागी- अध्यक्षमा निर्गुन कुमार महतो, उपाध्यक्ष देव राय, कोषाध्यक्ष सुदिश मण्डल, सचिव राम चन्द्र महरा रहनेछन् भने सदस्यहरूमा क्रमशः प्रदिप यादव,सौखीलाल मुखिया,उपेन्द्र यादव,प्रदिप यादव,राम दुलार चौधरि रहेका छनछन् । त्यस्तै क्षेत्रीय समिती जुवैलका लागि- अध्यक्ष -राम कुमार महतो उपाध्यक्ष -सुरेन्द्र कु.साह कोषाध्यक्ष- शंकर महतो सचिव-देवसुन्दर दास सदस्यरू: रामपुकार दास, कारीलाल यादव,प्रकाश चौधरी रहेका छन् । क्षेत्रीय समिती हाफमुन sc2सनैयाकालागी : अध्यक्ष -रामपाल यादव, उपाध्यक्ष-ललन गोस्वामी कोषाध्यक्ष-चन्द्र मण्डल सचिव-संजिव साह सदस्यहरू:मो.जहिर, सीताराम महरा, रामदयाल महरा, हनिफ राइन आदि रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मो.अव्दुल रहिमले नेपालमा जे जस्ता काम र पेशा गरेको भएता पनि साउदिमा कामदारको रूपमा आएकाले कामलाई पहीलो प्राथमिक्ता दिई बाकी समयमा समाज सेवा मा लाग्नु हाम्रो दाईत्व भएको बताए । कामका साथसाथै समाज सेवा मा लाग्नु राम्रो पक्ष हो साथै नियम कानुनको दायराभित्र रही काम गर्नु पर्दछ,- उनले भने । सो कार्यक्रमका अर्का वक्ता निरज रायले आफ्नो दु:ख भन्दा छिमेकीको सुखले हाम्रो मैथिली समाज पिडीत भएकाले हामी अघि बढन न सकेको धारणा राखेका थिए ।

कार्यक्रमका अतिथीहरसलाई स्वागत गर्दै प्रवक्ता लालबाबु साह ले वर्तमान भुगोलमा मिथीला राज्यको कुनै स्थान नभएको जिकिर गर्दै प्रत्येक मैथिली भाषीको छाती भित्र नेपाली पन कुदिएको भन्दै नेपालका सम्पुर्ण जात,धर्म र भाषि मध्य मिथिला भाषा र पहिचान पनि एक रहेको दावि गर्दै हामि मैथिलीको सम्मान र उचित पहिचान हुनुपर्छ, उनले भने ।

कार्यक्रममा नवनियुक्त अध्यक्ष मनोज ठाकुरले अाफुलाई दिईएको जिम्मेवारी इमानदारी पुर्वक वहन गरी संस्थाको विकास एवं उत्थानको लागि हरपल अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका थिए भने भैपरि आउदा सहयोगकालागी पहल गरदिने तथा मधेश (मिथीला)मा जर्जर भई रहेको दाइजो प्रथा तथा अन्य विकृती लाई उन्मुलन गरि विश्वमा मैथिली र मिथीलाको पहिचान बनाउने संस्थाको उदेश्य रहेकाले ‘अप्पन मिथीला सेवा समाज’ मा दिलो ज्यानले लागि पर्न आव्हान गरे । त्यसैगरी सचिव बिल्टु मुखियाले सम्पुर्ण मधेशी वर्गका युवा समुदायलाई प्रवासमा श्रम बेचि रहदा आफ्नो पहिचान र स्वदेशका लागि सक्दो सहयोग गरि सामाजिक कार्यमा अभिप्रेरित हुन आव्हान गरेका थिए । भने कार्यक्रमका सिलसिलामा सम्मान मधेशका अध्यक्ष त्रिलोकी साह ले पनि आफ्नो मन्तव्य राखेका थिए ।
August 26, 2018 8:25 pm | प्रवास,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा