एनआरएन क्षेत्रीय समन्वय समिति अलकासिको अध्यक्षमा रम्जानदिन मिया ।
अलकासिमबाट रम्जानदिन मियाका साथ तेज थापा –
साउदी अरब – साउदी अरब स्थिति गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको तेस्रो अधिबेशनले २०१८-२० कार्यकालका लागि निवर्तमान सचिब रम्जानदिन मियाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
साउदी अरबको लागि नेपाली राजदुतावास रियादका महामहिम राजदुत डा. प्रो. महेन्द्र सिंह राजपुतको प्रमुख अतिथ्यमा गत शुक्रवार अगस्त २४ को दिन बुरैदा स्थित ईस्लामिक सेन्टर हलमा आयोजित अधिबेश सम्पन्न भएको हो ।

आरसिसि अल कासिमका का.बा. अध्यक्ष मनिष कोइरालाको सभापतित्वमा संचालित कार्यक्रममा जेद्दाका कार्यवाहक महाबाणिज्यदुत रेबती रमन पौडेल, सेख अबु महम्मद, एनआरएनए एनसिसि साउदीका उपाध्यक्ष ध्रुब रिजाल अतिथिमा र एन सि सि साउदीका सचिव एवम् आर सि सि प्रमुख सल्लाहकार तथा दूतावास स्वयंसेवक बिशाल श्रेष्ठ, एनसिसि सह-कोषाध्यक्ष तथा आरसिसि सल्लाहकार योगेन्द्रबहादुर श्रेष्ठ, एनसिसि युवा सम्योजक तथा आरसिसि सल्लाहकार राज कुमार श्रेष्ठ, आरसिसि रियाद भुतपुर्व अध्यक्ष तथा सामाजिक अभियन्ता बिष्णु पौडेल, नेपाली प्रवासी समाज हाइलका अध्यक्ष होम राज बास्तोला, गन्तब्य नेपाल उनैजाका अभियन्ता यादव घिमिरे तथा मिलन श्रेष्ठ, सामाजिक अभियन्ता, समाजसेवी लुलु हाइपर मार्केट हाइलका जेनेरल म्यानेजर चाद मोहम्मद लगायतका व्यक्तित्वहरु अतिथिको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा आर सि सि अल कासिमका उपाध्यक्ष कृष्ण अधिकारीको स्वागत मन्तव्य पछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले संयुक्त रुपमा ब्यानर खोली उद्घाटन गरिएका थिए ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि राजदुत महेन्द्र सिह राजपुत तथा बिशिस्ट अतिथि रेवती रमन पौडेल, ध्रुब रिजालले मन्तव्य दिदै आर सि सि अल कासिमको २०१६-१८ कार्यकाल सफल रहेको र सफल बनाउन अहम् भुमिका खेल्ने भन्दै आरसिसि का.बा.अध्यक्ष मनिष कोइराला तथा सम्पुर्ण समितीका पदाधिकारी र एनसिसि सचिब तथा दूतावास स्वयंसेवक बिशाल श्रेष्ठलाई सधन्यवाद सहित निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाइ हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने