मेगा बैंकबाट १२ हजार ९९९ मासिक किस्तामै गाडी
काठमाडौं, १२ भदौ । मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० वर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।मेगा बैंककी सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार पायनियर मोटो कर्प प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ ।
जसमध्ये डाटसन कम्पनीका गाडीहरु १२ हजार ९९९ मासिक किस्तामै ग्राहकहरुले किन्न सक्नेछन् । यसैगरी निशान कम्पनीका सबै मोडलका गाडीहरुमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकहरुले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सुविधा मेगा बैंकका देशभरका शाखाहरुबाट लिन सकिनेछ । यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास छ ।
August 28, 2018 2:49 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।