Tuesday 11th November 2025

अब जापानले ल्यायो ड्राइभर बिना नै चल्ने अचम्मको ट्याक्सी

7 years अगाडी

हामिले धेरैजसो ट्याक्सी गाडिहरु ड्राइभर भए मात्र गुड्ने देखेका छौ।तर जापानका अब व्यस्त सडकहरुमा ड्राइभर नभए पनि चल्ने अर्थात स्वचालित ट्याक्सी गुड्ने भएका छन् । विश्वमा अहिलेसम्म स्वचालित अर्थात ड्राइभर नभए पनि चल्ने ट्याक्सी नभएको बेला जापानको शहर टोकियोमा भने अहिले रोडहरुमा ड्राइभर नभए पनि चल्ने ट्याक्सी चल्न थालेका छन् । यस्ता ट्याक्सी दुई हप्ताको परीक्षणपछि सुरु गरिएको छ। अब जापानका धेरै शहरहरुमा ड्राइभर नभए पनि चल्ने ट्याक्सी सडकहरुमा चल्ने भएका छन् ।

 

परीक्षण गरिएका बेला हुनसक्ने जोखिमलाई ध्यान दिई ड्राइभर ट्याक्सीको सिटमा बसे पनि ड्राइभरले केही गर्नुपरेको थिएन ।यस्ता ट्याक्सीहरु कामदारहरुको लागि धेरै फाइदाजनक हुने बताइएको छ । ट्याक्सीको ढोका खोल्नको लागि एक मोबाइल एपको प्रयोग गर्नुपर्ने र प्रति यात्रु १३ डलर तिर्नुपर्ने छ ।जापानमा हुन गइरहेको सन् २०२० को ओलम्पिक खेलको लागि विशेष आकर्षणको रुपमा यस्ता ट्याक्सी पनि रहने निर्माता कम्पनीले जनाएको छ । यसको निर्माता कम्पनी डेभलपर भेन्चर कम्पनी जेएमपी इंक र ट्याक्सी कम्पनी हिनोमारु कोत्सुले स्वचालित ट्याक्सी विश्वमा नै पहिलो भएको बताएको छ

          August 30, 2018 10:59 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...