Saturday 13th September 2025

यि हुन् अाजै स्वदेश फर्कने चार राष्ट्र प्रमुखहरु

7 years अगाडी

काठमाडाैं, १५ भदाै । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखमध्ये ४ जना आजै फर्कने भएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज नै फर्खीन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने भोली फर्कीनेछन् । उनि लुम्बिनि भ्रमणमा जाने कार्यक्रम छ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना  आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री केपी ओली र उनिबीच द्विपक्षीय भेटघाटको कार्यक्रम छ ।

चौथो सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशका प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा बिहीबार काठमाडौ आएका हुन् । म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक दुई दिनअघि बुधबार काठमाडौं आएका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए ।

          August 31, 2018 12:35 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...