Tuesday 11th November 2025

अमेरिकी विद्यालयमा गोली प्रहारका घटना बढेपछि इजरायलले बेच्यो बुलेटप्रुफ स्कुल ब्याग

7 years अगाडी

एजेन्सी, १५ भाद्र । अमेरिकाका विद्यालयहरुमा गोली प्रहारका घटनाहरु बढ्न शुरु भएपछि इजरायलको एउटा कम्पनीले अमेरिकी क्रेताहरुलाई आफुले सयौं बुलेट प्रुफ झोलाहरु बेचेको बताएको छ । गत फेब्रुवरीमा एउटा पार्कल्याण्ड स्कुलमा गोली काण्ड भएपछि इजरायलले त्यस्तो व्यापार थालेको हो ।‘फ्लोरिडामा गत फेब्रुवरीमा भएको गोली काण्डपछि अमेरिकास्थित हाम्रा वितरकहरुको आग्रहमा हामीले त्यस्ता बुलेट प्रुफ स्कुल ब्याग डिजाइन गरेका हौ ।’ मासादा आर्मोरका सिइओ स्नीर कोरीनले बिहीबार एएफपीसँग भने ।

उत्तरी इजरायलको शहर जुलिसस्थित सुरक्षित गियर निर्माणकर्ता कम्पनी मसादा आर्मरले केही महिनामा त्यस्तो बुलेट प्रुफ ब्याग प्याक निर्माण गरेको थियो जसलाई इजरायली सैनिक तथा प्ररहीद्वारा मान्यता प्राप्त छ ।ब्याग बनेपछि अमेरिकाबाट मागहरु आइरहेको कम्पनीका सिइओ कोरिनले भने ।ती ब्यागहरु आधारभूत मोडलमा छन् । तौल तीन किलोग्रामसम्म रहेको त्यस्ता ब्यागले ९ एमएम पेस्तोलको फायरिङलाई रोक्न सक्छ । त्यसको मूल्य अमेरिकी डलर पाँच सय रहेको छ ।

साथै त्यस्को विकसित भर्जनको भने तौल पाँच किलोग्रामसम्म रहेको छ । त्यसले उच्च गतिका राइफल जस्तै एआर १५ र एम १६ र कालासनिकोभ एसल्ट राइफलको प्रहारलाई रोक्न सक्छ । त्यसको मूल्य सातसय अमेरिकी डलर बराबर छ ।कोरिनले त्यस्ता ब्यागहरु कलेजका विद्यार्थीहरुका लागि उपयुक्त हुने र स्कुलका विद्यार्थीलाई गरुङ्गो हुने बताए । साथै उनले कम तौलका ब्यागहरु पनि डिजाइन गरिरहेको बताएका छन् ।

गत फ्रेब्रवरी १४ मा अमेरिकाको फ्लोरिडा राज्यस्थित पार्कल्याण्ड विद्यालयमा निकोलस क्रुज नाम गरेका एकजना १९ वर्षिय विद्यार्थीले अन्धाधुन्धा बन्दुक चलाउँदा १७ जना मारिएका थिए । अहिले अभियोजनर्कताहरु ती अभियुक्त किशोरलाई मृत्युदण्डको सजायको माग गरिरहेका छन् । मुद्दा अहिले अदालतमा जारी छ र आगामी वर्षमा सकिने अपेक्षा गरिएको छ ।

          August 31, 2018 1:24 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...