Tuesday 23rd December 2025

कञ्‍चनपुरमा फेरिअर्की किशोरीमाथि सामूहिक बलात्कार

7 years अगाडी

धनगढी – गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि एक अर्की किशोरीमाथि सामूहिक बलात्कार भएको घटना आएको छ ।बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ ।बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले जानकारी दिए ।

किशोरीका आफन्तले बेल्डाडी प्रहरीमा उजुरी दर्ता गराएका छन । उक्त उजुरीमा चार जनाले सामूहिक बलात्कार गरेको उल्लेख गरिएको छ ।उनले चार जना युवकले किशोरीको बलात्कार गरेको भन्दै उजुरी परेको र घटनालगत्तै ति चारै जना फरार रहेकोले खोजी कार्य तिब्र पारीएको जानकारी दिए । प्रहरीका अनुसार बिहिबारराति किशोरीको घरमा पुजा थियो । सोही मौका छोपेर ति किशोरीलाई युवकले सडकमा बोलाएको र त्यसपछि मोटरसाईकलमा राखेर जबदिया गाउँ लगेर बलात्कार गरेका थिए ।घटनाबारे बुझ्न कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायत आफै बेल्डाडी गएका छन् । अहिले बाटोमै रहेका कडायतले भने, ‘म अहिले बाटोमै छु । बलात्कारको घटनाबारे बुझन् आफै टोली लिएर जादैछु । त्यहाँ पुगेपछि के रहेछ सबै कुरा थाहा हुन्छ ।’

          August 31, 2018 6:31 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...