Saturday 13th September 2025

मोदीको अगाडी वाग्मती स्नान गरेर पशुपतिको दर्शन गर्न सक्ने वातावरण बनाउँछु भन्दै बोले प्रधानमन्त्री ओली !

7 years अगाडी

वाग्मतीमा स्नान गर्न सक्ने वातावरण आफुले छिट्टै नै बनाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । पशुपति क्षेत्रमा भारत सरकारले निर्माण गरेको धर्मशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वाग्मतीमा स्थान गरेर पशुपतिको दर्शन गर्न सक्ने दिन अब धेरै टाढा नभएको जिकिर गरे ।

नेपाल भारत मैत्री पशुपति धर्मशाला’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पशुपति क्षेत्र ज्ञान, चिन्तन र तपोभूमि भएको बताए। नेस्कोले पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको बताउँदै ओलीले भने, ‘यसमा पशुपति क्षेत्रविकास कोषले पहल गर्ने कुरामा हामी आशावादी छौँ।’ भारतीय प्रधानमन्त्री मोदीले २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए।

          September 1, 2018 12:16 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...