१४ वर्षमा एकपटक मध्यरातमा यसपटक फुल्दैछ यो फूल, हेर्नलाई पर्यटकको भीड
एजेन्सी, २२ भाद्र । हिमालको काखमा १४ वर्षमा एकपटक फुल्छ ब्रह्मकमल फूल । तीन हजार मिटरको उचाईमा पाइने यो फूल रातको समयमा मात्र फुल्छ । तर बिहान भएपछि त्यो फूल आफै बन्द हुन्छ ।यही फुललाई हेर्न अहिले विश्वभरका मानिसहरु यी फूल पाइने स्थलहरुमा जम्मा हुँदैछन् । उक्त फूल चीन, भारत जस्ता विभिन्न मुलुकहरुको विभिन्न स्थानहरुमा पाइन्छन् । ठाउँ अनुसार यो फूल विभिन्न नामले चिनिन्छ ।
ब्रह्मकमल फूल चिसो क्षेत्रमा पाइन्छ । यसलाई भारतको हिमाली क्षेत्र, उत्तराखण्ड राज्य, उत्तरी बर्मा र चीनको उत्तरी, दक्षिण पश्चिम क्षेत्रमा पाइन्छ । यी फूलहरु भारतको उत्तराखण्ड राज्यको तीन धाममा पनि पाइन्छ । यसको आफ्नै धार्मिक र प्राचीन मान्यता छ । यसलाई महादेवको प्रिय फूल मानिन्छ । यसको नाम भगवान ब्रह्माको नाममा राखिन्छ ।
त्यस्तै यो दिव्य, सुन्दर र सुगन्धित फूललाई चीनमा ‘तानहुआयिझियान’ भनिन्छ । वनस्पति शास्त्रमा यसको ३१ वटा प्रजाती हुने बताइएको छ । यसको वैज्ञानिक नाम ‘साउसुरिया ओबुवालाटा’ हो । यो फूल जुलाई र सेप्टेम्बरका बीचमा मध्य राति मात्र फुल्छ । ब्रह्मकमल फुललाई सुकाएर क्यान्सर उपचारका लागि प्रयोग गरिन्छ । यसको औषधी र सुन्दर गुणका लागि यसलाई सुरक्षित प्रजातिको रुपमा राखिएको छ ।
September 7, 2018 10:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने