१४ वर्षमा एकपटक मध्यरातमा यसपटक फुल्दैछ यो फूल, हेर्नलाई पर्यटकको भीड
एजेन्सी, २२ भाद्र । हिमालको काखमा १४ वर्षमा एकपटक फुल्छ ब्रह्मकमल फूल । तीन हजार मिटरको उचाईमा पाइने यो फूल रातको समयमा मात्र फुल्छ । तर बिहान भएपछि त्यो फूल आफै बन्द हुन्छ ।यही फुललाई हेर्न अहिले विश्वभरका मानिसहरु यी फूल पाइने स्थलहरुमा जम्मा हुँदैछन् । उक्त फूल चीन, भारत जस्ता विभिन्न मुलुकहरुको विभिन्न स्थानहरुमा पाइन्छन् । ठाउँ अनुसार यो फूल विभिन्न नामले चिनिन्छ ।
ब्रह्मकमल फूल चिसो क्षेत्रमा पाइन्छ । यसलाई भारतको हिमाली क्षेत्र, उत्तराखण्ड राज्य, उत्तरी बर्मा र चीनको उत्तरी, दक्षिण पश्चिम क्षेत्रमा पाइन्छ । यी फूलहरु भारतको उत्तराखण्ड राज्यको तीन धाममा पनि पाइन्छ । यसको आफ्नै धार्मिक र प्राचीन मान्यता छ । यसलाई महादेवको प्रिय फूल मानिन्छ । यसको नाम भगवान ब्रह्माको नाममा राखिन्छ ।
त्यस्तै यो दिव्य, सुन्दर र सुगन्धित फूललाई चीनमा ‘तानहुआयिझियान’ भनिन्छ । वनस्पति शास्त्रमा यसको ३१ वटा प्रजाती हुने बताइएको छ । यसको वैज्ञानिक नाम ‘साउसुरिया ओबुवालाटा’ हो । यो फूल जुलाई र सेप्टेम्बरका बीचमा मध्य राति मात्र फुल्छ । ब्रह्मकमल फुललाई सुकाएर क्यान्सर उपचारका लागि प्रयोग गरिन्छ । यसको औषधी र सुन्दर गुणका लागि यसलाई सुरक्षित प्रजातिको रुपमा राखिएको छ ।
September 7, 2018 10:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।