Monday 10th November 2025

ब्रजिलमा राष्ट्रपतिय चुनावका दावेदारमाथि छूरा प्रहार, अवस्था गम्भिर

7 years अगाडी

एजेन्सी, २२ भाद्र । ब्राजिलको राष्ट्रिपतिय चुनाव अभियानका क्रममा बिहीबार एकजना हमलाकारीले छूरा प्रहार गर्दा पदको कडा प्रत्याशीको रुपमा हेरिएका एक उम्मेद्वार घाइते भएका छन् । उनको अवस्था गम्भिर र स्थीर रहेको बताइएको छ ।

चरम दक्षिणपन्थी दलका कडा संसद मानिएका जाएर बोल्सोनारोमाथि चुनाव अभियानका क्रममा एक हमलाकारीले छूरा प्रहार गरेका थिए । बोल्सोनारो एक विवादित व्यक्तित्व हुन् जसले वर्षाैंसम्म धेरै ब्राजिली जनताहरुमा घृणादायक प्रतिक्रियाहरु दिएर आक्रोश उत्पन्न गराएका छन् ।

तर उनी कन्जर्भेटिभ मतदातामाझ भने निकै चर्चित छन् । चिकित्सकका अनुसार बोल्सोनारोलाई पूर्णरुपमा निको हुन दुई महिना लाग्ने र उनले एक हप्तासम्म अस्पतालमे बिताउनु पर्नेछ ।

तीन दशक अघि ब्राजिल प्रजातन्त्र शासन प्रणालीमा फर्किएपछि भएको यो ब्राजिलको अप्रत्याशित चुनावमा बोल्सोनारोमाथिको हमलाले अर्को नाटकीय मोड लिएको विश्वास गरिएको छ ।

          September 7, 2018 4:33 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...