Monday 10th November 2025

नेपाल कुवेत साँस्कृतिक मन्चको हरितालिका तिज बिशेष कार्यक्रम २०७५ को तयारी पुरा

7 years अगाडी

माधब शाही – कुवेत -नेपाल कुवेत साँस्कृतिक मन्चको तिज बिशेष कार्यक्रम २०७५ को तयारी पुरा भयको छ ।”हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आगामी सेप्टम्बर १४ तारिख शुक्रबारका ( भाद्र २९ ,२०७५ )दिन स्थानीय कलाकारहरुका साथ हरितालिका तिज बिशेष साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको मन्चका अध्यक्ष गोबिन्द बरालले डिसी नेपाललाई जानकारी दिएका छन् ।

आउँदो सेप्टम्बर १४ तारिख शुक्रबार मन्चले गर्न लागेको तिज बिशेष कार्यक्रम-२०७५ र दर खाने कार्यक्रम लाई आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्दै सफल बनाउन मन्चका अध्यक्ष गोबिन्द बरालले अनुरोध गरेका छन् | साथै कुवेतको मरुभुमीमा रहेका सम्पूर्ण नेपाली दिदी-बहिनिहरुलाई तिज बिशेष कार्यक्रममा सहभागीताको बातावरण मिलाउदै कार्यक्रम सफल बनाउन हातेमालोका लागि सबैलाई अनुरोध गरेका छन् ।

कुवेतमा रहेर आफ्नो कला र गला भएका कलाकारहरुलाई समेट्दै नेपाली सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्दै नयाँ बर्ष, तिज बिशेष तथा नेपाली चाडपर्बहरु दसैं, तिहार लगाएतमा बिभिन्न सांस्कृति कार्यक्रमहरुको आयोजनाको साथमा कुवेतको नेपाली समाजमा हातेमालो गरिरहेको नेपाल कुवेत सांस्कृति मन्चले १७ औं प्रस्तुती स्वरुप तिज बिशेष-२०७५ कार्यक्रम स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ  कार्यक्रम : हरितालिका तिज बिशेष साँस्कृतिक कार्यक्रम २०७५ मिति : १४ सेप्टेम्बर २०१८ सुक्रवार समय : दिनको ठिक १ बजे स्थान : :युनिक अडोटोरियम हलमा (अल हैतमहलको पछाडी), फर्वानिया आयोजक : साँस्कृतिक मन्च

          September 8, 2018 3:10 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...