समुद्रको गहिराइमा भेटियो यस्तो रहस्यमय वस्तु, वैज्ञानिक नै परे चकीत
एजेन्सी। संसारमा बेलाबेलामा यस्ता रहस्यमय चीज भेटिइरहन्छन् जसको बारेमा जान्दा निकै आश्चर्य हुन्छ । यीमध्ये केही रहस्य यस्ता छन् जसलाई आजसम्म वैज्ञानिकले पनि सुल्झाउन सकेका छैनन् । केही वर्ष पहिले इजिप्टसँग जोडिएको भूमध्य सागरमा वैज्ञानिकहरुले केही यस्तै चीज भेटे जो निकै चकित पार्ने खालका थिए ।
![]()
फ्रान्सका फ्रेंक गडिओ अण्डरवाटर आर्कियोलोजिस्ट हुन् । उनी आफ्नो कामको सिलसिलामा इजिप्टमा थिए । यस क्रममा उनले समुद्रभित्र यस्तो दृश्य देखे जसले उनलाई निकै आश्चर्यचकित बनायो । हजारौं वर्ष पहिले इजिप्टको जुन शहरको नामनिशान मेटिएको थियो त्यो शहरको अवशेष उनले समुद्रको गहिराइमा भेटे ।
![]()
हेराक्लिन नामको शहरको खोज इसापूर्व ८०० मा गरिएको थियो । तर प्राकृतिक प्रकोपका कारण त्यसको १६०० वर्षपछि सन् ८०० मा यो शहर पूरै समुद्रमा डुबेको थियो । केहीले त यो शहर एकाएक गायब भएको पनि भन्छन् । अहिले यो शहर एकाएक समुद्रभित्र भेटिएको थियो । खोजका क्रममा समुद्रभित्र शहरको अवशेषका साथ कैयौं अवशेष र बहुमूल्य सामान भेटिएका छन् ।
![]()
यी सामान देख्दा वैज्ञानिक नै तर्सिएका थिए । शहर डुबेको १२०० वर्षपछि कडा मेहनतबाट यी अवशेषलाई बाहिर निकालियो । यहाँ भेटिएका केही मूर्तिहरु सय फिटसम्म अग्ला थिए । यी मूर्ति देख्दा अनुमान पनि गर्न सकिन्न कि त्यो समयमा यी मूर्तिहरु कसरी बनाइए होलान् । अब यो शहरका फोटोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।
September 11, 2018 11:19 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा