बाबालाई क्यान्सरले खायो, आमा पोइल गईन एउटै घरका पाँच बालबालिकाको भयो बिचल्ली
बाजुरा, २७ भदौ : बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आउनुभएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गर्नुभएको हो । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गर्नुभएको छ । बुवा ४३ वर्षीय रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु भएको थियो । बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् ।
बिचल्लीमा परेका पाँच भाइबहिनीले अहिले गाउँमा मागेर गुजरा गरिरहेका छन् । बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले रु दुई हजार ५००, जिल्ला समन्वय समितिका सदस्य धनी थापाले रु एक हजार पाँच तथा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कमलकुमारी शाहले रु दुई हजार सहयोग गर्नुभएको छ । सिर्जना बोगटीले तीजको दर खानका लागि छुट्याएको रकमबाट लत्ताकपडा सहयोग गर्नुभएको छ ।
September 12, 2018 12:51 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।