Sunday 9th November 2025

वर्षौंसम्म सबैले सम्झे गाइको गोठ, भित्र हेर्दा पुलिसकै उड्यो होस

7 years अगाडी

एजेन्सी। इङल्याण्डको एशबोर्नमा मानिसहरुले एउटा पुरानो टिनको छाप्रोलाई गौशाला सम्झिरहेका थिए । तर, एक दिन पुलिसले यहाँ छापा मारेर जाँच गर्दा होस उडाउने सत्य खुल्यो । गौशालाजस्तो देखिने यो छाप्रोभित्रको दृश्य कुनै महलभन्दा कम थिएन । जाँचमा थाहा भयो कि यौ टिनको छाप्रोभित्र ६ कोठाको शानदार बंगला बनेको थियो जहाँ संसारभरका सबै सुविधा उपलब्ध थिए ।

पुलिस शंकाको आधारमा यहाँ छापा मार्न पुगेको थियो । जाँचमा थाहा भयो कि यो शानदार छाप्रो एक ड्रग्स डिलरको हो । एलन योमंस नामका ड्रग डिलरको यो सम्पत्तिको मूल्य साढे १३ करोड रुपैयाँ भएको बताइएको छ । पुलिसका अनुसार जेलबाट छुटेपछि यी ड्रग डिलरले आफूसँग गैरकानुनी कर्माको कुनै सम्पत्ति नभएको र आफू टाट पल्टिएको घोषणा गर्दै बाँकी जिन्दगी आमाको जमिनमा भएको टिनको छाप्रोमा बिताउने बताएका थिए । त्यतिबेला उनले आफूसँग ५ सय पाउण्ड (झण्डै ७० हजार नेपाली रुपैयाँ) बराबरको सम्पत्ति मात्र रहेको बताएका थिए । तर पुलिसले छापा मार्दा वास्तविकता अर्कै निस्कियो ।

एलनको यो सबै सम्पत्ति गैरकानुनी हो । यो सम्पत्ति पुलिसले पहिल्यै थाहा पाएको भए पहिल्यै जफत गरी सरकारीकरण गरिसक्थ्यो । तर, पुलिसले जफत गरेर सरकारीकरण गर्नबाट जोगाउन एलनले चलाखीपूर्वक यहाँ छाप्रोभित्र सबै सुविधा व्यवस्था गरेका थिए ताकि पुलिसले छाप्रो ठानेर कुनै शंका नगरोस् । उनको यो चलाखीले केही समय काम पनि गर्यो किनकि २ वर्षसम्म कसैले पनि यहाँभित्र बहुमूल्य वस्तु भएको शंका गरेनन् ।

छाप्रोभित्र आलिशान इन्टिरियरका साथमा बहुमूल्य प्राचीन एन्टिक वस्तुहरु, विदेशी मदिरा, महंगा घडीहरु र लग्जरी फर्निचरसमेत संसारभरका तमाम ऐश आरामका चीजहरु थिए । यसमा लाखौं मूल्यको महारानी एलिजाबेथको १६ औं शताब्दीको दुर्लभ पेन्टिङ र ४० लाख मूल्यको रोलेक्स घडीसमेत थिए । ड्रग डिलर एलनलाई ड्रग तस्करीको आरोपमा सजाय सुनाइएको थियो । उनले अवैध रुपले कमाएको धनबाट यी सबै चीज किनेका थिए ।

पुलिसका अनुसार उनले आफ्नो भविष्यको योजना अन्तर्गत यो घर डिजाइन गराएका थिए । ताकि यो बाहिरबाट हेर्दा गाइको गोठजस्तै देखियोस् तर भित्र संसारभरका तमाम सुविधा उपलब्ध होउन् । यसबाट २ वर्षसम्म मानिसहरु बेवकुफ बनिरहे । पुलिसका अनुसार यहाँ भेटिएका बहुमूल्य सामानलाई अब लिलामी गर्ने तयारी गरिएको छ ।

          September 12, 2018 2:10 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...