प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट आउन छाड्यो ग्यास
विराटनगर – ‘सिलिन्डर बोक्ने जमाना अब गए,’ गत ५ भदौमा विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबर ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले घोषणा गरेका थिए । उपस्थित स्थानीयले ताली बजाएर प्रधानमन्त्रीको घोषणाको स्वागत गरे । त्यहाँका ३५ घरपरिवारले पाइपबाट ग्यास बाल्न पाइने भएपछि खाना पकाउने एलपी ग्यासका सिलिन्डर थन्क्याएका थिए ।
तर, स्थानीयको त्यो उत्साह लामो समय टिकेन । ग्यास वितरण प्रणालीमा समस्या भएपछि उनीहरू थन्क्याइएका सिलिन्डर निकाल्न बाध्य भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण भएको र प्रधानमन्त्री ओलीले तामझामसाथ उद्घाटन गरेको प्लान्टबाट आएको ग्यासमा १२ दिन खाना पकाएपछि बन्द भएको छ । गत १७ भदौदेखि स्थानीयवासीले फेरि काँधमा सिलिन्डर बोकेर डिलरसम्म पुग्नुपरेको छ ।
गौसदनमा स्थापना गरिएको प्लान्ट २ सय घनमिटरको हो । यहाँबाट निकालिएको ग्यास पाइपबाट स्थानीयलाई वितरण गर्न थालिएको थियो । सुरुसुरुमा त उपभोक्तालाई निकै सहज भयो । तर, आधिकारिक जानकारी नपाई ग्यास आउन बन्द भएपछि उनीहरू अलमलमा परे ।
September 12, 2018 3:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।