Friday 26th December 2025

कस्ता व्यक्तिको यौनजीवन सुखमय हुन्छ ?

7 years अगाडी

यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन् । कतिपयको यौन जीवन दुखदायी हुन्छ, कसैको रोमाञ्चक । कसैले यसबाट चरम सन्तुष्ट प्राप्त गरिरहेका हुन्छन्, कसैले असन्तुष्ट ।

यौनसँग सम्बन्धित धेरै समस्या छन्, हाम्रो समाजमा । यौनजन्य समस्याले नै विकृत रुप लिने हो । कतिपय भन्छन्, ‘मैलें सोचेजस्तो यौन सन्तुष्ट पाइरहेको छैन ।’ कतिपय गुनासो गर्छन्, ‘मेरो पार्टनरले साथ दिएन ।’ कतिपय जिज्ञासा राख्छन्, ‘किन मेरो सिघ्र स्खलन भएको हो ?’

यौनको बारेमा यावत् जिज्ञासा सदियौंदेखि उठ्दै आएका छन् । यौनलाई कसरी सुखमय बनाउने भनेर नयाँ नयाँ विधीहरुको खोज एवं प्रयोग पनि भइरहेका छन् । यद्यपी यसमा थुप्रै कमीकमजोरी देखिदै आएका छन् ।

कतिले आफ्नो यौनाङ्गको आकार, प्रकारलाई लिएर प्रश्न उठाउने गर्छन् । कतिले शारीरिक कुरालाई पनि यसमा जोड्ने गरेका छन् । यौन शारीरिक क्रिया जरुर हो । तर, यसमा शारीरिक उपस्थिती मात्र पर्याप्त छैन । यौनमा शारीरिक उपस्थिती जति आवश्यक छ, त्यो भन्दा बढी मानसिक उपस्थिती आवश्यक छ ।

यौन र मानसिकता

मानिसको शारीरिक र मानसिक स्वास्थ्यको साथमा यौन स्वास्थ्य पनि सही हुन आवश्यक छ ताकी आफ्नो जीन्दगीलाई राम्रो तरिकाले जिउन सकियोस् ।

यदि तपाईंको यौन स्वास्थ्य राम्रो छैन भने यसैको कारण तपाईंको जीवनमा अन्य समस्याहरु उत्पन्न हुन सक्छन् । यसकारण तपाईंले आफ्नो यौन स्वास्थ्यलाई राम्रो बनाउनको लागि केही तरिका अपनाउनु पर्छ ।

जुन मानिसहरु आफ्नो यौन जीवनसँग खुसी रहन्छन् भने उनीहरुमा केही यस्ता विशेष बानी हुन्छन् । ती बानीहरुले उनीहरुलाई आफ्नो पार्टनरसँग सन्तुष्ट मात्रै बनाउँदैन उनीहरुलाई सुखी यौन जीवन राख्नको लागि प्रेरित गर्छ ।

यी बानीहरुलाई अपनाएर तपाईं पनि आफ्नो यौन जीवनलाई राम्रो बनाउन सक्नुहुन्छ ।

फरकफरक रुची हुने

जुन जोडि एकसाथ खुसी हुन्छन् र आफ्नो यौन जीवनसँग सन्तुष्ट हुन्छन् । उनीहरुमा आफ्नो फरकफरक रुची हुन्छन् । उनीहरु जब साथमा हुन्छन् त्यतिखेर एकआपसमा समय बिताउँदा खुसी हुन्छन । तर, जब अलग अलग हुन्छन् त्यतिखेर पनि उनीहरु आ-आफ्नो रुचीहरुलाई पुरा गर्न चाख राख्छन् ।

एक अर्कालाई प्राथमिकता दिने

यदि तपाईंहरु एकअर्कासँग जोडिन नै सक्नुभएन भने तपाईंको यौन जीवन सुखी हुन सक्दैन । यसैले जुज जोडीले एकअर्कालाई प्राथमिकता दिन्छन् उनीहरु बेडरुममा पनि एक अर्कासँग छिट्टै खुल्न र घुलमिल हुन सक्छन् ।

बिना कुनै कारण किस गर्ने

तपाइर्ंले यौन सम्बन्धको क्रममा आफ्नो पार्टनरलाई किस गर्नैपर्छ भन्ने हुँदैन । तर, सुखी यौन जीवन जिउने मानिसहरु विनाकारण र दिनको जुनसुकै समयमा जब आफ्नो पार्टनरको साथमा हुन्छन त उनीहरुलाई किस गर्ने मौका छाड्दैनन् । यसले तपाई आफ्नो पार्टनरलाई आफूले कति ख्याल गर्नुहुन्छ त्यो देखाउन सक्नुहुन्छ ।

एक अर्काको रुचिमा चाख लिने

तपाईको पार्टनर के चाहन्छन यो जान्नु तपाईको लागि धेरै महत्वपूर्ण छ । यो कुरा थाहा पाएमा मात्रै तपाईंले आफ्नो यौन जीवनलाई राम्रो बनाउने सक्नुहुन्छ । जो मानिस सुखी यौन जीवन जिउँछन उनीहरु आफ्नो पार्टनरको साथमा उनीहरुको इच्छा र रुचिहरुलाई बुझेर त्यसलाई पुरा गर्न कोसिस गर्छन् ।

काम बाँड्ने

अध्ययनका अनुसार जुन दम्पतीले आफ्नो घरको काम बाँड्छन् र आफ्नो पार्टनरको कामलाई पुरा गर्न उनीहरुको मद्दत गर्छन त्यस्ता जोडीको यौन जीवन सुखद हुने देखाएको छ ।

त्यसैले तपाईंपनि यौन जीवन सुखद बनाउनको लागि काम बाँडेर गर्नुहोस् । यसले पार्टनरलाई समान भएको महसुस हुन्छ र तपाईंले उनीहरुको लागि आफ्नो माया र स्नेह देखाउन सक्नुहुन्छ ।

          September 12, 2018 3:59 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...