चक्रपथमा मोनोरेल चलाउन एक खर्ब १६ अर्ब लाग्ने
२८ भदौ, काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
चक्रपथमा मोनोरेल निर्माण गर्न सम्भव रहेको दावी सहित चिनियाँ कम्पनी सिआरसिसीले प्रारम्भिक अध्ययन प्रतिवेदन दिएको हो ।
बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिआरसिसीले काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर काफ्ले र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन अनुसार मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने बताइएको छ ।
सिआरसिसीले मोनोरेल निर्माणका लागि लागि काठमाडौं महानगर र ललितपुर महानगरसँग सम्झौता गरेको को थियो ।
मे २५ मा ६ महिनाभित्र प्रारम्भिक अध्ययन सक्ने गरी सम्झौता भएकोमा सिआरसिसीले तीन प्रारम्भिक अध्ययन सकेर प्रतिवेदन बुझाएको काठमाडौं महानगरपालिकाका सार्वजनिक नीजि साझेदारी महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।
मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ ।
प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने र त्यसको ३ वर्षपछि मोनोरेल बनाइसक्ने भनिएको छ ।
चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमीटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ ।
जस अनुसार मोनोरेलको स्टेशन कोटेश्वर-कलंकी, कलंकी-महाराजगञ्ज, महाराजगञ्ज-कोटेश्वर गरी तीन खण्डमा हुनेछ ।
चक्रपथमा इपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल दुई वा पाँच वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सञ्चालन निर्माण कम्पनीले नै गर्नेछ ।
उक्त अवधिमा काठमाडौं र ललितपुर महानगरपालिकाले सिआरसिसीलाई वाषिर्क रुपमा स्म्झौता अनुसारको रकम बुझाउनेछन् ।
महानगरले धान्न सक्दैन लागत
काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले स्थानीय तहको चुनावताका नै चक्रपथमा मोनोरेल निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेका थिए ।
निर्वाचित भएको १५ महिनापछि बल्ल प्रारम्भिक अध्ययन सकिएको छ । तर अध्ययनले देखाएको लागत महानगरले धान्न सक्ने अवस्था छैन । यसका लागि केन्द्र सरकारको भरपर्नुपर्ने अवस्था आउन सक्छ ।
प्रतिवेदन ग्रहणलगत्तै अाजै दुई महानगरका प्रमुखबीच यस विषयमा छलफलको तयारी रहेको काठमाडौं महानगरपालिकाका सार्वजनिक नीजि साझेदारी महाशाखा प्रमुख काफ्लेले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाका इन्जिनियर, केन्द्र सरकारका अधिकारी र विज्ञहरुसँग छलफल गरेर एक महिना भित्र चिनियाँ कम्पनी सिआरसिसीलाई डिपिआर निर्माणको अनुमति दिने तयारी छ ।
सिआरसिसी चीन सरकारको स्वामित्व रहेको कम्पनी हो । सरकारी कम्पनी नै भएकाले नेपाल सरकारले लगानीका विषयमा पहल गर्न सक्ने महानगरका अधिकारी बताउँछन् ।
September 13, 2018 3:56 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।