Monday 10th November 2025

उत्तर कोरियालाई लिएर रसियामाथि अमेरिकाको यस्तो आरोप

7 years अगाडी

एजेन्सी, २९ भाद्र । अमेरिकाले बिहीबार रसियामाथि उत्तर कोरियाले प्रतिबन्धहरुको कथित उल्लंघन गरेको सम्बन्धको प्रतिवेदनलाई तोडमोड गर्न संयुक्त राष्ट्रसंघका स्वतन्त्र विज्ञहरुलाई दबाब दिएको आरोप लगाएको छ ।संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाविरुद्ध प्रतिबन्धको निगरानी गरिरहेको प्यानलमाथि निराशा व्यक्त गरेकी छिन् । उनले रसियाली दबाबलाई लुकाएको र परिवर्तन नगर्नुपर्ने स्वतन्त्र प्रतिवेदनमा परिवर्तन गरेको आरोप लगाएकी छिन् ।

राजदूत हेलीले त्यसलाई विज्ञहरुको महत्वपूर्ण काममा एउटा धब्बा भएको बताएकी छिन् । उनले प्यानलले वास्तविक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि बताइन् । उनले वास्तविक प्रतिवेदनमा उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय प्रतिवन्धको उल्लंघन गर्दै पेट्रोलियम बस्तुहरुको जहाजदेखि ओसार पोसार गरेको कुरा उल्लेख भएको बताइन् ।हेलीले केही वस्तुहरु रसियाबाट पनि आएको आरोप लगाएकी छिन् ।रसियाली राजदूत भ्यासिल्ली निबिनजियाले अगस्ट अन्तिममा आफ्नो देशले उक्त प्रतिवेदन सार्वजनिकमा अवरोध गरेको बताएका छन् । उनले आफुहरु त्यहाँ उल्लेखित केही तत्वहरुसँग सन्तुष्ट नभएको बताए । तर उनले त्यसको विवरण भने दिएनन् ।

          September 14, 2018 12:16 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...