Thursday 5th December 2024

यो अर्काे हाइड्रोको १२ करोडको आईपीओ निष्काशनबारे जान्नुहोस्

6 years अगाडी

काठमाडौं, २९ भदौ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैंया अंकित १२ लाख कित्ता अर्थात् १२ करोड रुपैयाँ बराबरको साधारण शेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन गर्न सिभिल क्यापिटललाई बिक्री प्रवन्धक नियुक्ति गरेको छ ।

शेयर निष्काशन सम्बन्धी उक्त सम्झौतामा सिभिल क्यापिटल मार्केट र बुद्धभूमी नेपाल हाइड्रोपावरबीच हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बुद्धभूमी हाइड्रोको तर्फबाट प्रवन्ध संचालक बलराम खतिवडा र सिभिल क्यापिटल मार्केटका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १२ लाख कित्ता शेयरमध्ये चार लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ र उक्त शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड कायम हुनेछ । हाइड्रोले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटारस्थित तादी खोलामा ५ मेगावाट क्षमताको आयोजना निर्माण्को कार्य हालसम्म ५० प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ ।

          September 14, 2018 2:18 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...