

कुवेतवासी नेपाली चेलीहरुले भब्यरुपमा तिज मनाए

माधब शाही –
कुवेत – कुवेतवासी नेपाली चेलीहरुले भब्यरुपमा तिज मनाए । नेपाल कुवेत साँस्कृतिक मन्चको आयोजनामा कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा तिज बिशेष कार्यक्रम गरी भब्यरुपमा मनाएका हुन् ।
मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुत धर्मपत्नी रीता हमालको प्रमुख अतिथित्व रहेको थियो भने बिशेष अतिथीमा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको रहेको थियो । अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने ,एनआरनए कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल रहेका थिए भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कुवेतमा रहेर आफ्नो कला र गला भएका कलाकारहरुलाई समेट्दै नेपाली सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्दै नयाँ बर्ष, तिज बिशेष तथा नेपाली चाडपर्बहरु दसैं, तिहार लगाएतमा बिभिन्न सांस्कृति कार्यक्रमहरुको आयोजनाको साथमा कुवेतको नेपाली समाजमा हातेमालो गरिरहेको नेपाल कुवेत सांस्कृति मञ्चले कुवेतमा रहेका नेपाली दिदी-बहिनीहरु लाई ध्यानमा राखी प्रवासमा भएपनी माइतीको आभाष दिलाउन १७ औं प्रस्तुती स्वरुप तिज बिशेष-२०७५ कार्यक्रम आयोजना गरेको हो ।
डोलराज न्यौपानेले मन्तब्यबाट अतिथीहरुलाई स्वागत गरेका थिए भने टिकाराम आचार्यले कार्यक्रम संचालन गरेका थिए ।
नेपाली राजदुतावास कुवेतका राजदुत धर्मपत्नी रीता हमाल ,राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा,पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने ,एनआरनए कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल, नेपाल कुवेत साँस्कृतिक मञ्चका संरक्षक सुजन के सी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सांस्कृति मञ्चले कुवेतवासी नेपाली चेलीहरुलाई नेपाली परम्परागत खानाका स्वादिष्ट परिकारहरु शेलरोटि, खिर, अचार र पुलाउ दर स्वरुप खुवाउदै तिजका विभिन्न भाकाहरुमा छमछम्ती नचाएको थियो ।
कार्यक्रम हल खचा-खच भरियको थियो भने उपस्थित दिदी-बहिनीहरु उल्लास मय देखिन्थिए । ५०० जना भन्दा बढी उपस्थित चेलीहरु रातो साडी छड्के तिलहरीमा सजिएर आएका थिए ।प्रवेश शुल्क सबैलाई निशुल्क गरीएको थियो ।
सथानीय लोक गायक डोलराज न्यौपानेले ‘माइती मेरा हराई गए’, माधब शर्माले ‘हङकङको साडी’ बोलको गीतको प्रस्तुतीले चेलीहरुलाई कम्मर मर्काई मर्काई नचाउन सफल भयका थिए । राज श्यांबोले ‘वारी जमुना पारी जमुना’ बोलको गीत पस्केका थिए । नबिन श्रेष्ठको कमीडी नृत्य र अश्मी तामांगको एकल नृत्य लगायत स्थानीय कलाकारहरुको प्रस्तुतीले थप मनोरंजन प्रदान गरेको थियो ।
मञ्चले भुमा रसाइली , मिरा पौडेल ,बिशाल सुनुवार , कृष्ण सुनुवार लाई प्रमाणपत्र सहित सम्मान गरेको थियो । सभापती गोबिन्द बरालको मन्तब्य संगै कार्यक्रमको समापन भयको थियो ।
September 15, 2018 1:24 am | टप,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

